Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

लोक गायक पशुपति शर्मा दुर्घटना पर्नबाट जोगिए


ग्लोबल पाना
आइतबार, माघ १ २०७९
  • 299
    SHARES

  • images
    लोक गायक पशुपति शर्मा दुर्घटना पर्नबाट जोगिए

    काठमाडौँ । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबाट चर्चित लोकगायक पशुपति शर्मा पनि जोगिएका छन् । गायक शर्माले संचार माध्यममा आफ्नो भनाइ राख्दै आज पोखरा आउने कार्यक्रम केही दिन अगाडि सरेकोले आफु दुर्घटनामा पर्नबाट जोगिएको बताए ।

    images
    images
    images

    गायक शर्माले भने, ‘खासमा म यहि विमानमा आज पोखरा आउने तयारीमा थिए । तर, मेरा अरु पनि कामहरु भएकाले गर्दा म दुई दिन अघि नै बुद्ध एयरबाट पोखरा आएँ ।’ उनले थपे ‘काठमाडौं फर्कन फ्लाइट कुरिरहेको थिएँ । विमान दुर्घटनाको खबर आउँदा नमज्जा लाग्यो । रुन मन लाग्यो ।’ ‘अहिले त भाग्यले बाँचियो । भोलि पनि हिँडिरहनुपर्छ ।

    कसले देखेको छ र ?’ शर्मा पोखरबाट अहिले स्याङजातर्फ लागेका छन् । त्यसपछि उनी बागलुङको कार्यक्रममा पुग्नेछन् । ६८ जना यात्रु र चालक दलका ४ सहित आज बिहान ११ः१० बजे उडेको यती एयरलाइन्सको विमान पोखरा उपत्यकाको सेती नदी खोंचमा खसेको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ