काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको एक लाख ६९ हजार २१९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । । उक्त शेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले शेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।
शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (जेठ ९ गते) देखि ७ दिनभित्र आवेदन दिन सक्नेछन् । त्यस्तै, बैंकको शेयर शाखा लाजिम्पाट, काठमाडौंमा फारम बुझाउन सक्नेछन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


