काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा शुक्रबार (जेठ ९) गते नक्सालस्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको हो ।
सभाले चुक्ता पूँजीको ७ प्रतिशत अर्थात् १०० कित्ता शेयरका लागि ७ कित्ताका दरले बोनस शेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ।
साथै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, लेखापरीक्षकको पारिश्रमिक निर्धारण गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरेको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


