Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सिटिजन्स बैंकद्वारा आवाज नेपाललाई सहयोग


ग्लोबल पाना
शुक्रबार, जेठ ९ २०८२
  • 401
    SHARES

  • images
    सिटिजन्स बैंकद्वारा आवाज नेपाललाई सहयोग

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशको सुर्खेतमा अवस्थित आवाज नेपाललाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एकल महिला र बालबालिकाको अधिकार, न्याय, मानव अधिकार, मानव ओसारपसार, द्वन्द्व प्रभावित र घरेलु हिंसाजस्ता विषयमा सशक्तीकरणका लागि काम गर्दै आएको आवाज नेपाललाई सहयोग गरेको हो।

    images
    images
    images

    बैंकले करिब ४० जना महिला र बालबालिकालाई करिब दुई महिनासम्म पुग्ने गरी सरसफाइ तथा उपभोग्य सामग्री उपलब्ध गराएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले सहयोगस्वरूप महिला र उनका बालबालिकालाई सामग्री हस्तान्तरण गरेका छन् ।

    सिटिजन्स बैंकले देशैभरि ६१ जिल्लामा फैलिएका २०० शाखा कार्यालय, १६८ वटा एटीएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ