Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पत्रकार त्रिभुवन पौडेलले पनि विमान दुर्घटनामा ज्यान गुमाए


ग्लोबल पाना
आइतबार, माघ १ २०७९
  • 190
    SHARES

  • images
    पत्रकार त्रिभुवन पौडेलले पनि विमान दुर्घटनामा ज्यान गुमाए

    काठमाडौं । काठमाडौंबाट पोखराका लागि उठेको यति एयरलाइन्सको विमान दुर्घटना हुँदा त्यसमा सवार ७२ जनाको ज्यान गएको छ । कास्कीको सेती खोँचमा विमान दुर्घटना हुँदा त्यसमा सवार चालक दलका ४ जना र ६८ जना यात्रुहरु गरी ७२ जनाको ज्यान गएको हो ।

    images
    images
    images

    नाइनएन एएनसी एटीआर-७२ विमान दुर्घटना हुँदा सोही विमानको यात्रामा रहेका पत्रकार त्रिभुवन पौडेलको निधन भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ३७ वर्षीय पौडेलको निधनप्रति महासंघले शोक व्यक्त गरेको छ । महासचिव रोशन सुरीद्वारा जारी विज्ञप्तिमा पौडेलको निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध र शोकमग्न भएको उल्लेख छ ।

    अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बसेको महासंघको आकस्मिक बैठकले पौडेलको निधनमा महासंघ केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निणर्य गरेको छ । जसअन्तर्गत भोलि २०७९ माघ २ गते सोमबार महासंघका केन्द्र, प्रदेश र सबै शाखा कार्यालय बन्द गर्ने तथा १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने एवं भोलिदेखि नै १३ दिनसम्म केन्द्रीय कार्यालयलगायत प्रदेश र शाखा कार्यालयमा शोक पुस्तिका राख्ने निणर्य गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ