Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कमलादीस्थित आफ्नै भवनमा एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय स्थानान्तरण


ग्लोबल पाना
आइतबार, जेठ ११ २०८२
  • 302
    SHARES

  • images
    कमलादीस्थित आफ्नै भवनमा एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय स्थानान्तरण

    काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय कमलादी, काठमाडौं–२८ स्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । उक्त नवनिर्मित भवनमा वैदिक सनातन विधिपूर्वक पूजा अर्चना गरि बैंक सञ्चालक समितिका अध्यक्ष श्री तुलसीराम अग्रवालज्यूबाट मिति २०८२ ज्येष्ठ १० गते समुद्घाटन सम्पन्न भयो ।

    images
    images
    images

    उक्त पूजा तथा उद्घाटन समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा बैंकका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी यस अघि रहेको थापाथली, काठमाडौं–११ स्थित ट्रेड टावरबाट प्रमुख कार्यकारी अधिकृतको कार्यालय, अन्य कार्यकारी अधिकृतहरुको कार्यालय लगायत विभिन्न विभागहरु आफ्ना सम्पूर्ण सेवा तथा सुविधाहरु कमलादीस्थित कर्पोरेट कार्यालयबाट प्रदान गर्ने गरी कर्पोरेट कार्यालय स्थानान्तरण भएको हो ।

    कार्यालय स्थानान्तरण भएसँगै आदरणीय ग्राहक महानुभावहरु तथा सरोकारवालाहरुले उक्त स्थानबाट बैंकले प्रदान गर्ने सम्पूर्ण सेवाहरु थप सहजताका साथ प्राप्त गर्नुहुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ