Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

विमान दुर्घटनामा परी कञ्चनपुर महेन्द्रनगरका आमाछोराको निधन


ग्लोबल पाना
आइतबार, माघ १ २०७९
  • 216
    SHARES

  • images
    विमान दुर्घटनामा परी कञ्चनपुर महेन्द्रनगरका आमाछोराको निधन

    पोखरा । पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परी कञ्चनपुर महेन्द्रनगरका आमाछोराको निधन भएको छ । विमान दुर्घटनामा परी महेन्द्रनगरका प्रतिष्ठित व्यापारी सञ्जीवचन्द्र भट्टका धर्मपत्नी सुष्मा पाण्डेय भट्ट र १५ वर्षीय छोरा स्लक भट्टको निधन भएको हो ।

    images
    images
    images

    माघी मनाउन आमाछोरा काठमाडौँबाट पोखरा उडेका थिए भने व्यापारी भट्ट पोखरामै थिए । उनका आफन्तजन पनि जागिरको सिलसिलामा पोखरामा रहेको र सँगै माघी मनाउने योजनाअनरुप पोखरामा पारिवारिक जमघटको तयारी थियो । १५ वर्षीय स्लक काठमाडौँमा एक क्याम्पसमा प्रवीणता प्रमाणपत्र तहको पहिलो वर्षमा अध्ययनरत थिए ।

    उनको निधनले महेन्द्रनगरवासी शोकमा डुबेका छन् । यहाँका व्यापारी/व्यवसायीले महेन्द्रनगरस्थित मदन चोकमा शोकसभासमेत आयोजना गरेका थिए । सोमबार १२ बजे सम्म कञ्चनपुर जिल्लाका सम्पूर्ण उद्योग व्यवसाय बन्द गर्न आग्रह गरिएको कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वरप्रसाद बोहराले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ