Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एनएमबि बैंक र हिल्टन काठमाडौं बीच सम्झौता, ग्राहकहरूलाई विशेष छुट


ग्लोबल पाना
शुक्रबार, जेठ १६ २०८२
  • 395
    SHARES

  • images
    एनएमबि बैंक र हिल्टन काठमाडौं बीच सम्झौता, ग्राहकहरूलाई विशेष छुट

    काठमाडौं । एनएमबि बैंक लि. र हिल्टन काठमाडौं बीच एनएमबि बैंकका कर्मचारी र ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने गरी सम्झौतामा हस्ताक्षर गरिएको छ । उक्त सम्झौता पत्रमा एनएमबि बैंकका ग्राहकहरुले हिल्टन काठमाडौंमा एनएमबि बैंकको कार्ड (डेबिट, क्रेडिट, प्लाटिनम क्रेडिट कार्ड) र मोबाइल बैंकिङबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् ।

    images
    images
    images

    यो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारको यात्रामा उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोग र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्न समय समयमा यस्ता ग्राहकमैत्री दीगो सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू एनएमबि बैंकको वेबसाइट https://www.nmb.com.np/nmb-visa-card-discount  बाट प्राप्त गर्न सकिनेछ ।

    एनएमबि बैंकले देशभर २०२ वटा शाखा, १८७ वटा एटिएम र ९ विस्तारित काउन्टर मार्फत व्यापक वित्तीय सेवा प्रदान गर्दै आई रहेको छ । 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ