Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सिटिजन्स बैंक र ललितपुरको सारंग हेल्थ केयरबीच छुट सम्झौता


ग्लोबल पाना
सोमबार, जेठ १९ २०८२
  • 300
    SHARES

  • images
    सिटिजन्स बैंक र ललितपुरको सारंग हेल्थ केयरबीच छुट सम्झौता

    काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई ललितपुरको सारंग हेल्थ केयर प्रा.ली. को सेवा तथा सुविधामा छुट दिने सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले उक्त हेल्थ केयरमा १५ प्रतिशत छुट पाउने छन्।

    images
    images
    images

    यस्तो सम्झौताबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले बताएको छ। साथै बैंकले आगामी दिनहरूमा पनि यस्तै प्रकारका अन्य सुविधाहरू ल्याउने प्रतिबद्धता समेत गरेको छ।

    यस बैंकले देशैभरी ६१ जिल्लामा २०० शाखा, १६८ एटीएम मेशिन, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइबाट करीब १९ लाख ग्राहकलाई बैंकिङ्ग सुविधा दिइरहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ