Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त


ग्लोबल पाना
बिहीबार , जेठ २२ २०८२
  • 640
    SHARES

  • images
    नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त

    received_1295878192160645.jpegकाठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । आज (जेठ २२) बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    आजै देखिनै लागू हुने गरी ज्ञवालीलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरिएको जानकारी कम्पनीको दिएको हो । गत चैत १० मा यसअघिका सीईओ ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले पदबाट राजीनामा दिएपछि चैत १३ मा बसेको कम्पनीको सञ्चालक समिति बैठकले कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पीएको थियो ।

    नेपाल राष्ट्र बैंकमा समेत काम गरेको अनुभव भएका उनी चार्टर्ड एकाउन्टेन्स समेत हुन । पछिल्लो समय वित्तीय विश्लेषकका रुपमा समेत चर्चित रहेका ज्ञवाली ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पद छोडेर नबिल बैंक प्रवेश गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ