काठमाडौं । आज बिहान यति एयरलाइन्सको विमान दुर्घटना भएको शोकका कारण भोली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने तय भएको भूकम्प दिवस कार्यक्रम स्थगित भएको छ ।
सरकारले आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको एटिआर ७२ विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूको शोकमा नेपालभर सार्वजनिक बिदाको घोषणा गरेको छ ।
सोमबार हुने भनिएको २५औँ भूकम्प सुरक्षा दिवसका औपचारिक कार्यक्रमहरू स्थगित भएका छन् । गृहमन्त्री एवं राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष रवि लामिछानेको अध्यक्षता बसेको समितिको बैठकले यस्तो निणर्य गरेको हो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


