Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

आईएमई हस्पिटालिटीका होटलहरूमा SCT–UPI कार्डबाट भुक्तानी गर्दा विशेष छुट


ग्लोबल पाना
बुधबार, जेठ २८ २०८२
  • 431
    SHARES

  • images
    आईएमई हस्पिटालिटीका होटलहरूमा SCT–UPI कार्डबाट भुक्तानी गर्दा विशेष छुट

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT)  र नेपालकै उत्कृष्ट होटल ग्रुपहरू मध्य पर्ने आईएमई हस्पिटालिटी (IME Hospitality) बिच SCT-UPI कार्डका ग्राहकहरूलाई ग्रुप अन्तर्गतका होटेलमा १५% सम्मको छुट हुने सम्झौता सम्पन्न भएको छ ।

    images
    images
    images

    यस सम्झौता पश्चात यहि जुन १, २०२५ देखि डिसेम्बर ३१, २०२५ सम्म लाजिम्पाट स्थित होटेल ले हिमालय र साके एंड फेंग, तथा पोखरा स्थित लेकसाइड रिट्रिटमा SCT-UPI  कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फूड एंड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा १५% छुट पाउनु हुनेछ । रुम महसुलमा छुट POS मा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ ।

    एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT-UPI कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।

    SCT-UPI कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर SCT-UPI कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ