Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

समाजसेवी तवरेज आलमद्वारा नेपाल रेडक्रस आधारभूत विद्यालयका विद्यार्थीहरूलाई गर्मीको लुगा वितरण


ग्लोबल पाना
बिहीबार , जेठ २९ २०८२
  • 648
    SHARES

  • images
    समाजसेवी तवरेज आलमद्वारा नेपाल रेडक्रस आधारभूत विद्यालयका विद्यार्थीहरूलाई गर्मीको लुगा वितरण

    काठमाडौं ।  समाजसेवी तवरेज आलमले नेपाल रेडक्रस आधारभूत विद्यालयका सम्पूर्ण बालबालिकाहरूलाई गर्मी याममा लगाउने लुगा वितरण गरेका छन् । व्यक्तिगत दैनिकी खर्चबाट केही रकम कटौती गर्दै उनले यो सहृदय कार्य गरेका हुन् ।

    images
    images
    images

    गर्मीको चर्को मौसममा पनि विद्यालयमा अनुशासित रूपमा उपस्थित हुने बालबालिकालाई सहज बनाउने उद्देश्यले उनले उक्त पहल गरेका हुन् । लुगा वितरण कार्यक्रममा विद्यालय प्रशासन, शिक्षकहरू, स्थानीय अभिभावक तथा रेडक्रसका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

    समाजसेवी आलमले भने, “बच्चाहरू हाम्रो भविष्य हुन् । उनीहरूको सानो आवश्यकतामा हामीले ध्यान दिनु आवश्यक छ । व्यक्तिगत रूपमा म निरन्तर सामाजिक काममा योगदान दिइरहेको छु र यो अभियान पनि त्यसैको एक हिस्सा हो ।“

    विद्यालयका प्रधानाध्यापकले आलमको यो सहयोगप्रति आभार व्यक्त गर्दै बालबालिकाको मनोबल उच्च बनाउने खालको यो कार्य समाजका लागि प्रेरणादायी भएको बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ