Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आज शोक विदा, एति एयरलाइन्सका सबै उडान स्थगित


ग्लोबल पाना
सोमबार, माघ २ २०७९
  • 248
    SHARES

  • images
    आज शोक विदा, एति एयरलाइन्सका सबै उडान स्थगित

    काठमाडौं । यति एयरलाइन्सले सोमबार सबै उडान स्थगित गरेको छ । आइतबार पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएकाले आइतबार साँझ नै विज्ञप्ति जारी गर्दै यति एयरले सोमबार कुनै पनि उडान नगर्ने जनाएको हो ।

    images
    images
    images

    विमान दुर्घटना भएपछि हराइरहेका यात्रुहरुको खोजी तथा उद्धार कार्य सोमबार बिहानदेखि नै सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार सोमबार बिहानदेखि उद्धार कार्य गरिने भएको छ ।

    आइतबार दिनभरमा पनि उद्धार कार्य सकिएको थिएन भने रात परेपछि उद्धार तथा खोजी कार्य रोकिएको थियो । विमानमा चालक दलका ४ जना तथा ६८ जना यात्रु रहेकोमा ६९ जनाको शव फेला परेको छ । ३ जना अझै वेपत्ता रहेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ