Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

एनएमबि बैंक लि.द्धारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


ग्लोबल पाना
सोमबार, असार २ २०८२
  • 559
    SHARES

  • images
    एनएमबि बैंक लि.द्धारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

    काठमाडौं ।  एनएमबि बैंक लि. तथा काङ हाइड्रोपावर कम्पनी लि. बीच १७.८५ मेगावाट क्षमताको ताप्लेजुङ्ग जिल्ला, मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।

    images
    images
    images

    एनएमबि बैंक लि.को तर्फबाट श्री दिनेश दुलाल – चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ्ग तथा काङ हाइड्रोपावर कम्पनी लि. को तर्फबाट प्रबन्ध निर्देशक श्री गणेश प्रसाद सुब्बाले ऋण सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो । हस्ताक्षर पश्चात एनएमबि बैंक लि. का प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द घिमिरे ज्यू, तथा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक श्री गणेश प्रसाद सुब्बाले ऋण सम्झौता पत्र आदान प्रदान गर्नु भयो ।

    सोही कार्यक्रममा एनएमबि बैंक लि.का प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द घिमिरेले आयोजना निर्धारित लागत तथा तोकिएको समय सिमा भित्र सकाउन र आयोजना निर्माण गर्दा प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्षलाई ध्यानमा राखि सोको उचित समाधान पहिचान गरी अगाडि बढ्न पनि कम्पनीलाई आग्रह गर्नुभयो ।

    श्री गणेश प्रसाद सुब्बाले एनएमबि बैंक लि.लाई धन्यवाद ज्ञापन गर्नुका साथै माथिल्लो मैवा खोला जलविद्युत आयोजना निर्धारित लागत तथा समयसिमामा सम्पन्न गर्ने प्रतिवद्धता समेत जाहेर गरी कार्यक्रमको समापन गर्नु भयो । एनएमबि बैंक लि.ले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

    नेपाल राष्ट्र बैंकबाट जारी Environmental and Social Risk Management, 2022 को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति (Environmental and Social Policy) तयार पारी सो बमोजिम आयोजनाको पर्यावरण तथा सामाजिक जोखिम व्यवस्थापन गर्नको लागि बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली Environmental and Social Management System लागु गरिसकेको छ । 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ