गोरखा । पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तनले पालुङटार नगरपालिकालाई मासु र दुधमा आत्मनिर्भर बनाईने बताएका छन् । शनिवार डुम्रे कृषि सहकारी संस्थाको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नगरप्रमुख चिन्तनले नगरपालिकालाई मासु र दुधमा आत्मनिर्भर बनाईने बताएका हुन् ।
पालुङटार नगरपालिकाले संमृद्ध पालुङटार निर्माण गर्नका निम्ती कृषि उत्पादनमा आत्म निर्भर बनाउने लक्ष लिएको भन्दै उनले सबै कुरा एकैचोटी पुरा नहुने भएकाले पहिलो चरणमा मासु र दुधमा आत्म निर्भर भएर अरु उत्पादनमा जोड दिने नगरपालिकाको लक्ष रहेको बताएका छन् ।
कृषि क्षेत्रमा करोडौं बजेट लगानी गरे पनि लगानी अनुसारको उत्पादन गर्न नसकिएकोमा चिन्ता व्यक्त गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चिन्तनले बास्तविक किसानहरु अनुदान पाउनबाट बन्चित हुनेगरेको बताए ।
बिगतका वर्षहरुमा कागज पत्र र झोलामा कृषि फर्म चलाउनेले मात्र अनुदान लिने गरेको र बास्तविकरुपमा बाख्रा पालेर गोठालो जानेहरुले डकुमेन्ट बनाउन नजाने कै कारण अनुदान नपाउने गरेको स्मरण गर्दै नगर प्रमुख चिन्तनले आफुले अब त्यस्तो अबस्थाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
किसानले आफुले उत्पादन गरेका सामानले बजार पाउँदैन की भनेर चिन्ता गर्न नपर्ने भन्दै उनले उत्पादित बस्तुको बजार व्यवस्थापन नगरपालिकाले नै गर्ने बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै एक फरक प्रसंगमा उनले १० बर्षे जनयुद्ध १९ दिने जनआन्दोलन पछि माआवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गदैगर्दा गाउँ गाउँमा सहकारी घर घरमा भकारी भन्ने नारा सरकारले अघि बढाए पनि सहकारी खोलिएर पनि भकारी भर्ने योजना कुनै सहकारीले नबनाएकोमा चिन्ता व्यक्त गरेका थिए ।
उनले कृषि सहकारीलाई मल बितरण गर्ने र ऋण लगानी गर्ने काममा मात्र सिमित राख्न नहुने बताएका छन् । कार्यक्रमको विषेश अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै पालुङटार नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष रविन्द्र अधिकारीले किसानलाई सहज ढङ्गबाट रासायनिक मल उपलब्ध गराउने बताएका छन् ।
साेहि अबसरमा उनले किसानलाई सहज ढङ्ग र अनुदानबाट बिउ बिजन उपलब्ध गराउनको निम्ति लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सहकारीको अध्यक्ष अनिता राना मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा, वडा नं. ३ को वडा सदस्य रञ्जिता गिरी, वडा नं. ३ को निवर्तमान वडा अध्यक्ष रेशम बहादुर बअधिकारी, नेकपा माओवादी केन्द्रका वडा पार्टी अध्यक्ष आर.सी. बोगटी लगायतको उपस्थिती रहेको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


