Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

तिलिचाे तथा ऋण सहकारी संस्थाकाे १३ औं बार्षिक साधारणसभा सम्पन्न


ग्लोबल पाना
सोमबार, माघ २ २०७९
  • 246
    SHARES

  • images
    तिलिचाे तथा ऋण सहकारी संस्थाकाे १३ औं बार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं ।  तिलिचाे तथा ऋण सहकारी संस्थाकाे १३ औं बार्षिक साधारणसभा पौष ३० गते एक कार्यक्रमका बीच सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अनिल गुरुङकाे सभापतित्वमा सुरु गरिएको कार्यक्रममा प्रमुख कार्यकारी दिनेश गुरुङबाट प्रस्तुत संस्थाको बर्तमान र भाबी योजना प्रस्ताव सहिदको प्रतिबेदनलाई पारित गर्दै सम्पन्न भएको थियाे ।

    images
    images
    images

    संस्थाको आ. ब. २०७८/७९ अषाढ मसान्त सम्मको बित्तीय प्रतिबेदन अनुसार कुल पूंजी १ अरब ६० करोड माथि रहेको छ । साथै शेयर पुंजि ७ करोड ३९ लाख रहेको संस्थाको जगेडा कोष तथा अन्य गरि ८ करोड ४१ लाख रहेको छ । संस्थाले आफ्ना सदस्यहरुलाई १५% लाभांश र संरक्षित पुंजि फिर्ता कोषमा रहेको २५% रकम बितरण गर्ने प्रस्ताव पारित गर्दै सम्पन्न गरेको छ ।

    कार्यक्रमको प्रमुख आतिथ्यता मनाङ जिल्लाबाट निर्वाचित संघीय सांसद माननीय टेक बहादुर गुरुङले गरेका थियो । संस्थाका प्रमुख कार्यकारीले यस विषम परिस्थितिमा पनि सदस्यहरुले गर्नुभएको बिश्वास र हामी माथिको भरोसाले संस्थालाई थप उचाइमा पुर्याउन हौसला मिलेको बताएका थिए ।

    त्यसैगरि कार्यक्रमको समापन गर्दै अध्यक्ष अनिल गुरुङले कार्यक्रमलाई सफल बनाउन उपस्थित प्रमुख अतिथि, अतिथिहरु , संचालक समिती, लेखा समिती , शेयरसदस्यहरु, कर्मचारी बर्ग , पत्रकार लगायत सम्पुर्णमा हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ