Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

तबरेज आलमको हरियाली सपना: मधेस प्रदेशका सडक किनारहरू सजाउँदै नयाँ जीवन


बिहीबार , असार ५ २०८२
  • 1,070
    SHARES

  • images
    तबरेज आलमको हरियाली सपना: मधेस प्रदेशका सडक किनारहरू सजाउँदै नयाँ जीवन

    काठमाडौं - नेपाल सरकारबाट पटक–पटक सम्मानित समाजसेवी तबरेज आलमले विभिन्न प्रहरी चौकी, सरकारी विद्यालय तथा सार्वजनिक स्थानहरूमा वृक्षारोपण कार्य सम्पन्न गरिसकेका छन्। अब उनले मधेस प्रदेशका सडकहरूका दुवै किनारमा वृक्षारोपण गर्नुपर्ने आवश्यकतालाई जोड दिँदै नयाँ चरणको अभियान सुरु गर्न लागेका छन्।

    images
    images
    images

    उनको भनाइमा, “हामीले सडकको दुवै किनारमा बिरुवा रोप्नुपर्छ। यसले न केवल हरियाली बढाउँछ, तर सडकको सौन्दर्य, छायाँ र धूलो नियन्त्रणमा पनि ठुलो सहयोग पुर्‍याउँछ।”

    उनको यो भनाइ केवल सुझाव मात्र नभई, आगामी कार्ययोजनाको स्पष्ट संकेत पनि हो। हालसम्म उनले रोपेका बिरुवामा नीम, पीपल, सिसौ, बर, अम्बा, जामुन जस्ता दीर्घकालीन, औषधीय र उपयोगी बिरुवाहरू रहेका छन्।

    a631aeca-c29f-4ec4-8739-fe5d0582a1ae.jpeg

    सडक किनार वृक्षारोपणसँगै उनले घरेलु जनावरहरूबाट बिरुवा सुरक्षित गर्न सहयोग समिति गठन गर्ने, र स्थानीय तह तथा सरोकारवालाहरूसँग समन्वयमा दीर्घकालीन संरक्षण योजना सञ्चालन गर्ने तयारी गरिरहेका छन्।

    उनले भने, “हामीले आज रोपेका र जोगाएका बिरुवाले हाम्रो भोलिलाई हरियाली, स्वच्छ हावा र छायाँ दिनेछन्। सडक किनारमा वृक्षारोपण गर्नु केवल वातावरणको कुरा होइन, यो हाम्रो जीवनस्तर सुधार गर्ने उपाय हो।”

    अब उनकाे लक्ष्य मधेस प्रदेशका सबै जिल्लामा यो अभियानलाई विस्तार गर्ने छ। तबरेज आलमको यो हरित अभियानले समाजमा सकारात्मक सन्देश फैलाएको छ र उनको योगदानलाई धेरैले प्रेरणाको रूपमा लिएका छन्।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ