Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कुखुरा व्यवसायमा वैज्ञानिक सुधार आवश्यक : नेपाल कुखुरा व्यवसायी मञ्चका वरिष्ठ उपाध्यक्ष प्रा.डा. भट्टराई


ग्लोबल पाना
शनिबार, असार ७ २०८२
  • 1,465
    SHARES

  • images
    कुखुरा व्यवसायमा वैज्ञानिक सुधार आवश्यक : नेपाल कुखुरा व्यवसायी मञ्चका वरिष्ठ उपाध्यक्ष प्रा.डा. भट्टराई

    वीरगंज, २०८२ असार ७ । नेपाल भेटनरी एशोसिएसन (NVA) मधेश प्रदेशको आयोजनामा ‘कुखुराको मासुबाट प्राप्त प्रोटिनको महत्व, व्यवस्थापन, व्यापार र उत्तम अभ्यासहरू’ विषयक एक दिने विशेष गोष्ठी वीरगंजमा सम्पन्न भएको छ । पशु क्वारेन्टाइन कार्यालय, वीरगंजमा आयोजित कार्यक्रम विहान ८ बजेबाट सुरु भएको थियो ।

    images
    images
    images

    गोष्ठीमा पशु चिकित्सक, कुखुरा व्यवसायी, वैज्ञानिक, नीति निर्माता तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत तथा कार्यक्रमको परिचय सचिव डा. सुभाष सिंह (NVA मधेश प्रदेश) द्वारा स्वागत तथा कार्यक्रम परिचय प्रस्तुत गर्दै गरिएको थियो । 

    कृषि तथा वन बिज्ञान विश्व बिधालयका प्रा डा. सुविर सिह ले कुखुरापालन क्षेत्रमा प्रमुख पहल र चुनौतीहरु एव सम्भावित समधान बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

    व्यवसाय, व्यापार, रोग नियन्त्रणसम्बन्धी सरकारी भूमिकाबारे राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला चितवनका डा. अजित झाले प्रस्तुति राख्नु भयाे ।

    पशु क्वारेन्टाइन कार्यालय, वीरगंजमा आयोजित कार्यक्रममा नेपाल कुखुरा व्यवसायी मञ्चका वरिष्ठ उपाध्यक्ष प्रा. डा. रेवन्तकुमार भट्टराईले कुखुरा व्यवसायलाई व्यवस्थित, सहकार्यमा आधारित र उपभोक्तामैत्री बनाउन संस्थागत प्रयास आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले भनुभयो, “सबै सरोकारवाला संस्थाहरू एकजुट भएर अघि बढ्नुपर्छ। प्रतिस्पर्धा होइन, सहकार्यको संस्कृति आवश्यक छ । गुणस्तरीय उत्पादन ल्याएर मात्र उपभोक्ताको विश्वास जित्न सकिन्छ । एन्टिबायोटिकको अनियन्त्रित प्रयोग निषेध गरिएको सन्दर्भमा हामी विशेष सचेत हुनुपर्छ।”

    गोष्ठीमा विशेष रूपमा सिमावर्ती क्षेत्रहरूमा कुखुरापालन र मासु व्यवसायसँग सम्बन्धित चुनौती, अवसर र समाधानका उपायहरूबारे पनि गहन छलफल भयो । गैरनियन्त्रित आयात–निर्यात, खुला सीमा, रोगको जोखिम र बजारमा अनिश्चितता जस्ता समस्याहरूको सुसंगठित समाधान खोज्न नीति निर्माण र समन्वयको आवश्यकता औंल्याइएको थियो ।

    आगामी रणनीति र कार्ययोजनाबारे डा. दिनेश कुमार तिवारी (अध्यक्ष NVA मधेश प्रदेश)ले प्रस्तुत गर्नु भएकाे थियाे ।

    कार्यक्रमको समापन डा. सुदीप कुमार शर्मा (सह-सचिव, NVA मधेश प्रदेश) ले गर्दै कुखुराको मासुबाट प्राप्त हुने उच्चस्तरीय प्रोटिन स्वास्थ्यका लागि अत्यन्त लाभदायक भएको र यस व्यवसायलाई वैज्ञानिक, व्यावसायिक र नीतिगत दृष्टिले थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयाे ।

    गोष्ठीको निष्कर्षमा सबै पक्षबीच सहकार्य विस्तार, समस्या समाधान र उपभोक्तामैत्री व्यवसाय निर्माणतर्फ दीर्घकालीन पहल आवश्यक रहेको सर्वसम्मत धारणा बनेको थियो ।

    उक्त कार्यक्रममा कुखुरा व्यवसायी सघ पर्साका पदाधिकारीहरु, कुखुरापालक किसानहरु, दाना व्यवसायीहरु, पशु चिकित्सकहरु, पशु प्राबिधिकहरु, व्यवसायीहरु, कुखुरा मासु व्यवसायीहरु र  नेपाल भेटेरीनरी एशोशियशनका पदाधिकारी सदस्य हरुको सहभागीता रहेको थियोे ।

    नेपाल कुखुरा व्यवसायी मन्चका बरिस्ठ उपाध्यक्ष प्रा.डा रेवन्तकुमार भट्टराईकाे मन्तव्य :

     

     

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ