Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

पालुङटार नगरपालिकाको ऐतिहासिक निर्णयः निकासी कर पूर्ण खारेज, पशुसेवा र सिफारिस दस्तुर निःशुल्क


ग्लोबल पाना
शनिबार, असार ७ २०८२
  • 1,167
    SHARES

  • images
    पालुङटार नगरपालिकाको ऐतिहासिक निर्णयः निकासी कर पूर्ण खारेज, पशुसेवा र सिफारिस दस्तुर निःशुल्क

    पालुङटार, गोरखा । पालुङटार नगरपालिकाले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी सेवा प्रवाहलाई थप नागरिकमुखी बनाउँदै विभिन्न सेवा दस्तुरहरूमा व्यापक छुट दिने ऐतिहासिक निर्णय गरेको छ । नगर प्रमुख विवस चिन्तनले नागरिकलाई राहत दिने र समावेशी शासनको अभ्यासलाई मजबुत बनाउने उद्देश्यले यो निर्णय लिइएको उल्लेख गरेका छन् ।

    images
    images
    images

    उनका अनुसार, “हामीले पालुङटार नगरलाई सेवा–सुविधा पहुँचमा आधारित, समावेशी र जनमुखी शासन अभ्यासको उदाहरण बनाउने प्रयास गरेका छौं। पशुसेवा, कृषि र नागरिकताको पहुँच सबैका लागि समान बनाउन दस्तुर छुटको निर्णय गरिनु ऐतिहासिक हो ।” नगरपालिकाले पशुपंक्षी दर्ता, सिफारिस दस्तुर, बन्ध्याकरण, उपचार, दूध परीक्षण, पोष्टमार्टम लगायत सम्पूर्ण पशुसेवाहरू अब पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।

    साथै, ग्रामीण कृषि अर्थतन्त्रको सुदृढीकरण र उत्पादन प्रवद्र्धनका लागि कृषि उपज बजारसम्म निकासी गर्दा लाग्ने शुल्क पनि पूर्ण रूपमा हटाइएको छ । त्यसैगरी, सम्पत्ति कर तथा भूमिकर बुझाउने करदातालाई १० शीर्षकमा सेवा दस्तुरमा पूर्ण छुट दिइनेछ ।

    साथै वंशजका आधारमा नागरिकता सिफारिस गर्ने व्यक्तिहरू, आदिवासी जनजाति, दलित, अपांगता भएका नागरिक, एकल महिला तथा विपन्न वर्गका लागि सिफारिस दस्तुर निःशुल्क गरिएको छ ।

    नगरपालिकाको यस निर्णयले स्थानीय सरकारको समावेशी, उत्तरदायी र सेवामुखी चरित्रलाई अझ सशक्त बनाउने विश्वास गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ