बर्दिया । जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खानको पहलमा आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत बर्दिया जिल्लाको विभिन्न स्थानका लागि विभिन्न मन्त्रालयमार्फत करिब २५ करोड ४५ लाख रुपैयाँ बराबरको २५ भन्दा बढी योजनाहरू विनियोजन भएका छन्।
सहरी विकास मन्त्रालयबाट गुलरिया नगरपालिका–११ स्थित श्रीराम माविसम्मको झण्डै दुई किलोमिटर लम्बाइको सडक कालोपत्रे र ढल निर्माण योजना, बढैयाताल ९ बनशक्ती मन्दिरको परिसर सुधार र गुलरिया–१० मा सडक पूर्वाधार निर्माणका लागि बजेट छुट्याइएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत जेठी नाला पुल नेपालगञ्ज–गुलरिया सडकखण्ड सुधार, गुलरिया–४ र बाराबर्दिया–११ जोड्ने बबई नदीमा पुल निर्माण तथा राजापुर–२ र ४ जोड्ने बुढी कुलोमा पुलको पुनर्निर्माणका लागि समेत बजेट विनियोजन भएको छ।
त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमार्फत गुलरिया नगरपालिका वडा नं ११ मा पर्ने भादा नदीमा इन्द्रपुर तर्फ ५० मिटर तटब निर्माण कार्य अघि बढाइनेछ।
युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत बढैयाताल गाउँपालिका–८ मा मयुरबस्ती खेलमैदान निर्माण, गुलरिया नपा ४ मा गुलरिया इन्डोर क्रिकेट टेनिङ सेन्टर हल निमार्ण र अमरज्योती मावि क्रिकेट खेलमैदान बढैयाताल २ को योजना बजेटमा समावेश गरिएको छ ।
बर्दिया जिल्लाको समग्र विकास र समृद्धिको उद्देश्यका साथ अगाडि सारिएका यी योजनाहरू पूर्वमन्त्री खानको सक्रिय पहल र प्रतिबद्धताको परिणामस्वरूप बजेटमार्फत सुनिश्चित गरिएका हुन् ।
"हाम्रो बर्दिया, समृद्ध बर्दिया" भन्ने नारासहित उनले जनताको आवश्यकता बुझेर योजनाहरू अघि सारेको जनाइएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


