काठमाडौं, असार १० । देशभरका उत्कृष्ट १४ जना कृषकहरूलाई आज 'राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार' प्रदान गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी एक प्रदेशबाट दुई जनालाई पुरस्कार प्रदान गरिएकाे हो ।
पुरस्कृत हुने कृषकहरूमा कोशी प्रदेशवाट सुरेशकुमार मेहता (आर्य कृषि फर्म) र रमेश साह (रमेश कृषि फर्म) मधेस प्रदेशवाट भरतकुमार यादव (शम्भुनाथ माछा फर्म) र हीराबहादुर थापा मगर (निजगढ केरा एग्रीकल्चर) बाग्मती प्रदेशवाट चेतप्रसाद ढकाल (कालिका पशु विकास केन्द्र) र दयाराम मचामसि (ग्रिनलाईन एग्रो प्राली) गण्डकी प्रदेशबाट छिरिङ ढोका गुरुङ (ङवाङ हिसी कृषि तथा पशुपक्षी अर्गानिक फर्म) र बाटुली तिवारी (मित्र वाटिका कृषि फर्म) , लुम्बिनी प्रदेशबाट जयपाल मौर्य (खाद्यन्न वाली) र सुवास कुर्मी (शान्ति उन्नत पशुपालन तथा माछा फर्म) छ्न् ।
त्यस्तै, कर्णाली प्रदेशबाट गोविन्द ओली (तरकारी खेती) र भरतनाथ योगी (सुन्तला खेती) र सुदूरपश्चिम प्रदेशबाट प्रेमप्रसाद जोशी (खप्तड पशुपक्षी तथा कृषि फर्म) र लोकबहादुर थापा (कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म प्राली) छ्न् ।
पुरस्कृत कृषकलाई जनही दुई लाख रुपियाँ प्रदान गरिएको छ । सातै प्रदेशबाट दुई–दुई जना कृषक छनोट गरिँदै, कुल १४ जनालाई जनही दुई लाख रुपैयाँसहित सम्मान गरिएको हो। पुरस्कारले कृषि पेशालाई आत्मसम्मान र सम्भावनाको बाटोका रूपमा स्थापित गर्न सहयोग पुर्याउने कृषि मन्त्रालयले जनाएको छ ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले आजको दिन हामी सबैका लागि गर्व र प्रेरणाको दिन भएको बताउनुभयो । नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा स्वीकृत ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१’ अनुसार देशभरका ७ वटै प्रदेश मन्त्रालयबाट उत्कृष्ट कृषकको रूपमा छानिएर आउनुभएका १४ जना कृषकहरूलाई उहाँहरुले कृषि क्षेत्रमा पुर्याउनु भएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै सम्मान गर्न पाउनु एक ऐतिहासिक अवसर भएको उल्लेख गर्नुभयो ।
मन्त्री अधिकारीले भन्नुभयो, हाम्रा किसानहरूले माटोमा बगाएको पसिनाले नै हाम्रो भान्छा भरिएको छ, हाम्रो अर्थतन्त्रलाई टेवा पुगेको छ र सिंगो राष्ट्रले खाद्य सुरक्षाको अनुभूति गर्न पाएको छ । प्रकृतिका चुनौतीहरूका बिच पनि कृषकहरुले कृषि क्षेत्रमा पुर्याउनुभएको योगदान अतुलनीय छ ।उहाँहरूको अथक परिश्रम, धैर्यता र लगनशीलताको आज हामीले कदर गरेका छौँ मन्त्री अधिकारीले, भन्नुभयो ।
उत्कृष्ट कृषक पुरस्कारले कृषि पेसालाई आत्मसम्मान र सम्भावनाको बाटोका रूपमा स्थापित गर्दै समाजमा नयाँ प्रेरणा दिएको उल्लेख गर्दे मन्त्री अधिकारीले यो सफलताले विशेष गरी युवा, महिला र साना कृषकहरूका लागि प्रेरणाको स्रोत बनेको छ, जसले कृषि पेसाप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याइरहेको छ भन्नुभयो । पुरस्कृत भएका जस्तै हजारौ सक्रिय कृषकहरूको योगदानले नेपाली कृषि व्यवसायलाई आत्मनिर्भर, उत्पादनमुखी र आधुनिक बनाउने दिशामा महत्त्वपूर्ण मार्गनिर्देशन दिएको पनि मन्त्री अधिकारीले उल्लेख गर्नुभयो । उहाँले थप्नुभयो । तपाईंहरूको सफलताले समाजमा कृषि पेसाप्रतिको दृष्टिकोण परिवर्तन गर्ने छ, र कृषि पेसालाई सम्मानित, सम्भावनायुक्त र भविष्यदृष्टि भएको पेसाको रूपमा स्थापित गर्ने छ भन्ने विश्वास लिएको छु ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नीति, योजना र कार्यक्रममार्फत किसानमुखी सेवा प्रवाहलाई अझ प्रभावकारी र समावेशी बनाउने प्रतिबद्धतासमेत मन्त्री अधिकारीले व्यक्त गर्नुभयो । कृषि क्षेत्रमा प्रविधिको प्रयोग, नवप्रवर्तन र युवा सहभागितालाई प्रोत्साहन गर्दै कृषि व्यवसायलाई देशको समृद्धिको आधार बनाउने हाम्रो साझा लक्ष्य रहेको र यसलाई वनाउन सवैको हातेमालो आवश्यक छ मन्त्री अधिकारीले भन्नुभयो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


