Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अमेरिकाबाट आएका श्रीमान श्रीमातीसँगै विमान दुर्घटनामा अस्थाए


ग्लोबल पाना
सोमबार, माघ २ २०७९
  • 274
    SHARES

  • images
    अमेरिकाबाट आएका श्रीमान श्रीमातीसँगै विमान दुर्घटनामा अस्थाए

    पोखरा । पोखराको हेमजा हनुमान चोकका राजन सापकोटाको घरमा बिहानैदेखि खुसियाली थियो । एक त माघे सङ्क्रान्ति पर्व अर्कोतर्फ अमेरिकाबाट आउँदै गरेका राजन । अमेरिकाबाट शनिवार काठमाडौँ झरेका सापकोटालाई लिन उनकी श्रीमती आशिका हिजो नै काठमाडौँ पुगेकी थिइन् । माघे सङ्क्रान्ति पनि आजै परेको हुँदा सापकोटा दम्पती यति एअरलायन्सको जहाज चढी पोखरा आउँदै थिए । पोखराको विमानस्थलमा झर्न नपाउँदै विमान दुर्घटनामा पर्‍यो । सापकोटा आउने कुरा छरछिमेक सबैलाई थाहा भइसकेको थियो ।

    images
    images
    images

    बिहानसम्मको खुसियाली छाएको सापकोटाको परिवार यतिखेर शोकमा डुबेको छ । सापकोटाकी आमा गीता दुर्घटनाको खबरसँगै बेहोस बनेकी छन् । उनका छरछिमेक सबैका आँखा रसाएका छन् । डीभी परेर दुई वर्षअघि मात्र अमेरिका गएका सापकोटा गएको वर्ष बिहे गर्नका लागि पोखरा आएका थिए । गएको वर्ष माघको १९ गते विवाह गरेका सापकोटा फेरि अमेरिका फर्की शनिवारमात्रै नेपाल आएका हुन् । उनका काका प्रकाशचन्द्रका अनुसार घरपरिवारसँग भेटघाट गरेर फर्कने गरी राजन नेपाल आएका थिए । ‘दुर्घटनाको खबरसँगै हामी छरछिमेक सबै शोकमा डुबेका छौँ’, उनले भने ।

    उता दुर्घटनाले आशिकाका माइतीहरू पनि शोकमा छन् । सापकोटासँगै हेमजाकै जीतेन्द्रबहादुर कुँवर र उनकी श्रीमती भगवती पनि त्यस विमानमा सँगै दुर्घटनामा परेका छन् । घरायसी कामकाजको सिलसिलामा काठमाडौँ गएका कुँवर दम्पतीले छोराछोरीलाई भने शनिवार बसमा पोखरा पठाएका थिए । जहाज दुर्घटनामा हेमाजाकै चार/चार जना परेपछि यतिखेर सिङ्गो हेमजा शोकमा डुबेको छ ।

    चालक दलका चार सदस्यसहित ७२ जना यात्रु सवार यति एयरको जहाज आज बिहान दुर्घटना हुँदा अहिलेसम्म ६९ जनाको शव निकालिएको छ । बेपत्ता भएका तीनजनाको खोजी कार्य जारी रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ