Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

ग्लोबल आइएमई क्यापिटलको “समुन्नत योजना २” म्युचुअल फन्ड असार २२ गतेदेखि निष्काशनमा


ग्लोबल पाना
बिहीबार , असार १९ २०८२
  • 276
    SHARES

  • images
    ग्लोबल आइएमई क्यापिटलको “समुन्नत योजना २” म्युचुअल फन्ड असार २२ गतेदेखि निष्काशनमा

    सस्तो, सुरक्षित र व्यावसायिक लगानीको अवसर

    काठमाडौँ ।  ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि सामूहिक लगानी कोष “ग्लोबल आइएमई समुन्नत योजना २” को इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ । यो योजना प्रारम्भमा १ अर्ब २० करोडको कोष आकारबाट सुरु हुनेछ भने बढीमा २५ प्रतिशतसम्म वृद्धि गर्दै १ अर्ब ५० करोडसम्म विस्तार गर्न सकिने “ग्रीनसुओ अप्सन” सहितको व्यवस्था गरिएको छ ।

    images
    images
    images

    यस योजनाले इक्विटी तथा निश्चित आम्दानीयुक्त साधनहरूमा लगानी गरी सन्तुलित रुपमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई दीर्घकालीन लाभ दिने उद्देश्य राख्दछ । योजना पूर्ण रूपमा म्युचुअल फन्ड नियमावली २०६७ अनुसार संचालनमा ल्याइएको छ, जसले पारदर्शिता, लगानीकर्ता संरक्षण तथा उचित कोष व्यवस्थापन सुनिश्चित गर्दछ ।

    मुख्य विशेषताहरू

    - योजनाको प्रकार: बन्दमुखी योजना

    - फन्ड नाम: ग्लोबल आइएमई म्युचुअल फन्ड

    - योजना नाम: ग्लोबल आइएमई समुन्नत योजना २

    - कोष आकार: प्रारम्भिक रू. १.२० अर्ब (अत्याधिक माग भएमा रू. १.५० अर्बसम्म)

    - प्रति इकाई मूल्य: रू. १०

    - सर्वसाधारणमा निष्काशन गरिने इकाइहरू: १२ करोड इकाईहरू

    - न्यूनतम लगानी: १०० इकाई

    - अधिकतम लगानी: योजनाको १० प्रतिशत अर्थात् १.२० करोड इकाई - योजना अवधि: इकाई बाँडफाँड मिति देखि १० वर्ष

    - लाभांश नीति: प्राप्त मुनाफाबाट वितरण, बाँकी रकम पुन: लगानी

    - सूचीकरण: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीबद्ध

    - प्रारम्भिक लगानी: १५ प्रतिशत (फन्ड प्रायोजक र व्यवस्थापक)

    - व्यवस्थापन शुल्क: नेट सम्पत्ति मूल्यको १.५० प्रतिशत

    - डिपोजिटरी शुल्क: नेट सम्पत्ति मूल्यको ०.२० प्रतिशत

    लगानी मिश्रण

     इक्विटी/इक्विटी सम्बन्धी साधनहरू: ७०–९० प्रतिशत (उच्च जोखिम)

     ऋणपत्र: निश्चित आम्दानी साधनहरू: ०–१० प्रतिशत (मध्यम जोखिम)

     फिक्स्ड डिपोजिट: ०–१० प्रतिशत (न्यून जोखिम)

     नगद/आईपीओ/अन्य म्युचुअल फन्ड: ०–१० प्रतिशत (न्यून जोखिम)

    लगानी गर्नुपर्ने कारणहरू

    - व्यवसायिक व्यवस्थापन

    - विविधीकरण - सहजता र पहुँच

    - सस्तो लगानी

    - पारदर्शिता

    - कर छुट

    - लगानीकर्ता संरक्षण

    लगानी प्रतिफल क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस अनुसार यस योजनाका इकाईधनीहरुले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् ।

    यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण रहेको छ । क्यापिटलले यस योजनाका इकाईधनीहरुलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशत देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरेको छ ।

    ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हाल २ योजनाहरु सञ्चालनमा छन् । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फन्ड पुनर्खरीद प्रतिफल दिएको छ । त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ ।

    यस योजनाको व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यो क्यापिटल नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो जुन सन् २००८ मा स्थापना भएको थियो । यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त बैंक रहेको छ जसमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ ।

    यस योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्वा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् ।

    यस योजनाको निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले आईआरएन एएमसी क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ