Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुअल फण्डको सार्वजनिक निष्काशन सुरु, १० वर्षमा २२४% प्रतिफलको प्रक्षेपण


ग्लोबल पाना
आइतबार, असार २२ २०८२
  • 345
    SHARES

  • images
    ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुअल फण्डको सार्वजनिक निष्काशन सुरु, १० वर्षमा २२४% प्रतिफलको प्रक्षेपण

    काठमाडौं ।  ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आज २०८२ आषाढ २२ गते आइतबारबाट संघ/संस्था तथा सर्वसाधारणको लागि सार्वजनीक निष्काशन तथा बिक्री खुल्ला भएको छ । प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको बाह्र करोड इकाई मध्ये न्यूनतम बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई मध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई १.५ प्रतिशत वा अठार लाख इकाई तथा कोष प्रवद्र्धक कम्पनी ग्लोबल आइएमई बैक लिमिटेडको लागि १३.५० प्रतिशत वा एक करोड बैसठ्ठी लाख इकाई बीऊ पूँजीको रुपमा रहनेछ ।

    images
    images
    images

    बाँकी न्यूनतम् १० करोड २० लाख इकाईको लागि विभिन्न संघ संस्था/सर्वसाधारणको लागि सार्वजनीक निष्काशन तथा बिक्री खुल्ला भएको छ । यस योजनामा संघ/संस्था तथा सर्वसाधारणले न्यूनतम एक सय इकाई र अधिकतम् एक करोड बीस लाख इकाईको आवेदन दिनसक्नेछन् ।

    मुख्य विशेषताहरु

    * योजना प्रकार: बन्दमुखी योजना

    * फण्डको नाम: ग्लोबल आइएमई म्युचुयल फण्ड

    * कोषको आकार: प्रारम्भिक १.२० अर्ब रुपैयाँ (अत्याधिक माग भएमा १.५० अर्ब रुपैयाँसम्म)

    * प्रति इकाई मुल्य: १० रुपैयाँ

    * सर्वसाधारण निष्काशन गरिने इकाई १२ करोड इकाईहरु

    * न्यूनतम लगानी: १०० इकाई

    * अधिकतम लगानी योजनाको १० प्रतिशत अर्थात १.२० करोड इकाई

    * योजनाको अवधि इकाई बाँडफाँड मिति देखी १० वर्ष

    * लाभांश नीति प्राप्त मुनाफाबाट वितरण, बाँकी रकम पून लगानी

    * सूचीकरण नेपाल स्कट एक्सचेन्ज (नेप्से)मा सुचीबद्ध

    * प्रारम्भिक लगानी १५ प्रतिशत (फण्ड प्रायोजक र व्यवस्थापक

    * व्यवस्थापन शुल्क: नेट सम्पत्ति मुल्यको १.५० प्रतिशत

    * डिपोजिटरी शुल्क: नेट सम्पत्ति मुल्यको ०.२० प्रतिशत लगानी मिश्रण

    * इक्विटी र इक्विटी सम्बन्धी साधनहरू: ७०–९० प्रतिशत (उच्च जोखिम)

    * ऋणपत्र: निश्चित आम्दानी साधनहरू: ०–१० प्रतिशत (मध्यम जोखिम)

    * फिक्स डिपोजिट: ०–१० प्रतिशत (न्यून जोखिम)

    * नगद/आईपीओ/अन्य म्युचुअल फन्ड: ०–१० प्रतिशत (न्यून जोखिम)

    लगानी गर्नुपर्ने कारणहरू:

    * व्यवसायिक व्यवस्थापन

    * विविधीकरण

    * सहजता र पहुँच

    * सस्तो लगानी

    * पारदर्शिता

    * कर छुट

    * लगानीकर्ता संरक्षण

    प्रक्षेपण अनुसार लगानी प्रतिफल (१० वर्ष)

    क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिशत २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस अनुसार यस योजनाका इकाईधनीहरुले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन ।

    यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । क्यापिटलले यस योजनाका इकाईधनीहरुलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशत देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरिएको छ ।

    ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हालसम्म २ योजनाहरु सञ्चालन भइसकेका छन । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फन्ड पुर्नखरीद प्रतिफल दिएको छ । त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ ।

    यस योजनाको योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यो क्यापिटल नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो जुन सन २००८ मा स्थापना भएको थियो । यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त मर्चेन्ट बैंक रहेको छ जसमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ ।

    यस योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् ।

    यस योजनाको निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले आईआरएन एएमसी क्वालिटि ३ (३) रेटिङ्ग प्रदान गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ