Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

१० लाख ८० हजार कित्ता आईपीओ बिक्री खुल्ला


ग्लोबल पाना
मंगलबार, माघ ३ २०७९
  • 314
    SHARES

  • images
    १० लाख ८० हजार कित्ता आईपीओ बिक्री खुल्ला

    काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको १० लाख ८० हजार कित्ता आईपीओ आज (माघ ३ गते)देखि बिक्री खुला भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा १० करोड ८०लख रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी गर्ने आईपीओमध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ।

    images
    images
    images

    बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यस आईपीओमा बिक्री प्रबन्धकको काम नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

    यस आइपिओमा लगानीकर्ताले माघ ६ गतेसम्म आवेदन दिन पाउने छन्। तोकिएको समयमा सबै सेयर बिक्री नभएको खण्डमा माघ १७ गतेसम्म आवेदन दिन पाउने छन्। यसमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ