Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

बाल स्वास्थ्य प्रवर्द्धनमा नेपाल लाइफको सहयोग: किओचलाई १ करोड रुपैयाँ हस्तान्तरण


ग्लोबल पाना
आइतबार, असार २९ २०८२
  • 416
    SHARES

  • images
    बाल स्वास्थ्य प्रवर्द्धनमा नेपाल लाइफको सहयोग: किओचलाई १ करोड रुपैयाँ हस्तान्तरण

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्यमा काम गरिरहेको गैर नाफामुलक संस्था काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई काठमाडौँमा अस्पताल भवन निर्माणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रु १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

    images
    images
    images

    किओचको कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धी दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट संस्थापक अध्यक्ष डा. भगवान कोइराला र नेपाल लाइफ इन्स्योरेन्स तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गर्नु भएको छ ।

    काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ मा ‘हब’ अस्पतालका रूपमा बहुविशिष्टिकृत बाल अस्पताल किओच काठमाडौँको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । अस्पतालको मुसल भवनको निर्माण कार्य जारी रहँदा बिरामी बालबालिकालाई सेवा प्रदान गर्ने कार्य सुरु गर्न र बाल स्वास्थ्य तथा नसर्ने रोगहरूका सम्बन्धमा अनुसन्धान अघि बढाउनका लागि क्लिनिकल रिसर्च बिल्डिङ निर्माण भई कार्य आरम्भ भइसकेको छ ।

    कार्यक्रममा बोल्दै यस कम्पनीका संचालक कमलेश कुमार अग्रवालले डा. भगवान कोइरालाको अग्रसरतामा शुभारम्भ भएको यस परियोजनाले नेपालमा रहेका बालबालिकाको स्वास्थ्यको अवस्था सुधार गर्न अतुलनीय भुमिका निर्वाह गर्ने बताउनुभयो । यस किसिमको परियोजनाले राज्यले लिएको नीतिलाई समेत सघाउ पुग्ने र आगामी दिनमा पनि निजी स्तरबाट नै यस किसिमको परियोजनाहरूको सफल कार्यान्वयन गर्न सकिएको खण्डमा नेपालका दुरदराजका आम नागरिकहरु उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।

    यस परियोजनामा नेपाल लाइफ जोडिन पाउँदा आफु गौरवान्वित भएको बताउनुभयो । कार्यक्रममा बोल्दै यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न सामाजिक, आर्थिक, शैक्षिक र संस्कृतिक रूपान्तरणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको कुरा बताउनुभयो । नेपालमा बाल स्वास्थ्यमा रूपान्तरण ल्याउनका निम्ति सुरुवात गरिएको यस परियोजनाका लागि सबैलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुभयो ।

    बालबालिकाहरूलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्नका लागि राजधानी लगायत सातैवटा प्रदेशमा सुविधायुक्त अस्पताल निर्माणार्थ आगामी दिनमा पनि सहयोग गर्न आफु प्रतिबद्ध रहेको जानकारी दिनुभयो । बालबालिकाको स्वास्थ्य उपचारका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रु १ करोडको सहयोग प्रदान गरिएको र यसले न्युन आर्थिक अवस्था भएका बालबालिकाले विशिष्टिकृत अस्पतालमा विशिष्टीकृत चिकित्सकहरूबाट उपचार प्राप्त गर्नेमा आफु विश्वस्त रहेको समेत बताउनुभयो ।

    कार्यक्रममा बोल्दैे काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष, मुटुरोग विशेषज्ञ तथा प्राध्यापक डा. भगवान कोइरालाले नेपाल लाइफले प्रदान गरेको सहयोगले परियोजनाले गति प्राप्त गर्ने बताउनुभयो । साथसाथै नेपाल लाइफले गरेको सहयोगप्रति कृतज्ञता जाहेर गर्नुभयो र आगामी दिनमा पनि यस प्रकारको सहयोग प्राप्त हुनेमा आशावादी रहेको बताउनुभयो । नेपाल लाइफ जस्तो गरिमामय र ठुलो ब्रान्डसँग सहकार्य गर्न पाउँदा पनि किओचको गरिमा बढेको र काम गर्न थप हौसला प्राप्त भएको बताउनुभयो ।

    काठमाडौं इन्ष्टीच्युट अफ चाइल्ड हेल्थ(किओच) बाल स्वास्थ्यको क्षेत्रमा बहुविशिष्टीकृत एउटा अस्पलाल संचालन गर्ने, तालिम प्राप्त दक्ष जनशक्ति तयार गर्ने, गुणस्तर बृद्धि गर्ने, नियमनका विधि र प्रक्रियाको विकास गर्ने, नीति निर्धारण गर्ने लगायतका कार्य गर्ने गरी सवै प्रादेशिक बाल अस्पलातहरुका लागि स्रोत केन्द्रको रुपमा केन्द्रीय बाल अस्पताल संचालन गर्ने गरी स्थापना भएको कुरा डा. भगवान कोइरालाले बताउनु भयो ।

    यस परियोजना अन्तर्गत पहिलो अस्पताल किओच–दमक बाल अस्पताल स्थापना भई सेवा शुरू भएको छ । यस अस्पतालबाट वहिरङ्ग, आकस्मिक, अन्तरङ्ग, प्रयोगशाला, रेडियोलोजी, पीआईसीयु, एनआईसीयु, एचडीयु लगायतका सेवा प्रदान गरिएको छ भने शल्यक्रिया सेवाका लागि मोडुलर अपरेसन थिएटरको निर्माण सम्पन्न भई सेवा सुरु भईसकेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ