Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

डेभिड शंकरको जन्मदिनमा विशेष तीज गीत: ‘ए चेलिबेटी सेवा गर्ने मौका देउ एकचोटी’ सार्वजनिक


ग्लोबल पाना
आइतबार, साउन ११ २०८२
  • 605
    SHARES

  • images
    डेभिड शंकरको जन्मदिनमा विशेष तीज गीत: ‘ए चेलिबेटी सेवा गर्ने मौका देउ एकचोटी’ सार्वजनिक

    काठमाडौं । लोकप्रिय गायक डेभिड शंकरले आफ्नो जन्मदिनको पावन अवसर पारेर तीज गीत श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । डेभिडको स्वरमा रहेको गीत ‘ ए चेलिबेटी सेवा गर्ने मौका देउ एकचोटी’ शनिबार सार्वजनिक गरिएको हो । दीपक शर्मा र डेभिडको शब्द रचना रहेको गीतमा दीपकै संगीत, नरेन्द्र वियोगिको एरेञ्ज/मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

    images
    images
    images

    गम्भिर विष्टको निर्देशन÷कोरियोग्राफि रहेको गीतको भिडियोमा दीपाश्री निरौल, रिमा विश्वकर्मा, डेभिड शंकर, सुधिर श्रेष्ठ, पिस पवी, कुसुम शर्मा, राजेश घतानी, कुमारमनी गजुरेल, निरा शंकर, मिरा शंकर, इभेन सेन लगायतकाको अभिनय एवं नृत्य रहेको छ । पुनम श्रेष्ठको सहायक निर्देशन रहेको गीतको भिडियोमा देवदोर्जे लामाको छायांकन, प्रविन भट्टको दृश्य सम्पादन रहेको छ ।

    गीतको भिडियो डेभिडको अफिसियल युट्युव च्यालनमार्फत सार्वजनिक गरिएको हो । नेपाली संगीत क्षेत्रका एक प्रतिभाशाली स्वरशिल्पीका रूपमा स्थापित डेभिड शंकरले २०० भन्दा बढी मन छुने गीतहरूमा आवाज दिँदै आम श्रोताको मन जित्न सफल हुनुभएको छ ।

    चलचित्र ‘पञ्चेबाजा’ को ‘घिनघिन मादल’, ‘असारको १५ दही चिउरा खाने साउने १५ खिर’, ‘छक्कापञ्जा ३’ को ‘पहिलो नम्बरमा’, ‘छक्कापञ्जा ४’ को ‘दर्शन सलाम’, ‘मनसँग मन’ को ‘मेरो त भाग्य उज्यालो’ जस्ता सुपरहिट गीतहरूदेखि लिएर ‘तिम्रो यादमा पागल सरी रुन पनि नमिल्ने’, ‘कसले भन्यो तिमीलाई म माया गर्दिन रे’ जस्ता भावनात्मक गीतहरूमा उहाँको स्वरले लाखौँको मन जितेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ