Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सकारात्मक दृष्टिकोण र सीपले बनाउँछ उत्कृष्ट एजेन्ट: सानिमा रिलायन्सको एजेन्सी मिट २०८२


ग्लोबल पाना
आइतबार, साउन ११ २०८२
  • 247
    SHARES

  • images
    सकारात्मक दृष्टिकोण र सीपले बनाउँछ उत्कृष्ट एजेन्ट: सानिमा रिलायन्सको एजेन्सी मिट २०८२

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आ.व. २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूलाई सम्मान गर्दै ‘स्टार एजेन्सी मिट २०८२’ सम्पन्न गरेको छ । कम्पनीले चार रिजन — बनेपा, चाबहिल, कौशलटार र पाटन — का बीमा अभिकर्ताहरूमध्ये प्रथम बीमाशुल्क संकलन, बीमालेख संख्या र टिम व्यवसायतर्फ उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्तालाई विशेष सम्मान प्रदान गरेको हो ।

    images
    images
    images

    काठमाडौंमा सम्पन्न कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले बीमा व्यवसायमा सल्लाहकारहरूको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै, “कार्यक्रमबाट सिकिएका कुराहरू व्यवहारमा उतार्दै कम्पनीलाई नयाँ उचाइमा पु–याउनु आवश्यक छ,” भने । साथै, उनले कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ७०० करोड रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेको जानकारी दिँदै सम्पूर्ण अभिकर्तालाई धन्यवाद ज्ञापन गरे ।

    कार्यक्रममा कम्पनीका प्रमुख व्यवसाय अधिकृतहरूले अभिकर्ताहरूलाई आवश्यक सीप, रणनीति र व्यवसायिक कलाबारे प्रशिक्षण दिएका थिए। कार्यक्रममा क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर, शाखा प्रमुखसहित ७०० भन्दा बढी अभिकर्ताहरूको उपस्थिति थियो ।

    कौशलटार रिजनका नमिता न्यौपाने, चाबहिलका रणबहादुर तामाङ, बनेपाका नारायण बहादुर गुरुङ र पाटनका योगेन्द्र महर्जनले आ–आफ्नो क्षेत्रबाट उत्कृष्ट एजेन्सी म्यानेजर बन्ने उपलब्धिबारे प्रतिक्रिया दिंदै आगामी वर्ष पनि त्यो स्थान कायम राख्ने प्रतिबद्धता जनाए ।

    कार्यक्रमलाई ज्ञानमूलक बनाउन नेपालका प्रख्यात मोटिभेसनल स्पिकर सुदिप बस्नेतलाई आमन्त्रित गरिएको थियो । उनले बिक्री कलामा आवश्यक सकारात्मक बानी र दृष्टिकोणबारे प्रशिक्षण दिएका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ