Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा आइएमई मोटर्सलाई ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’


ग्लोबल पाना
सोमबार, साउन १२ २०८२
  • 439
    SHARES

  • images
    अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा आइएमई मोटर्सलाई ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’

    काठमाडौं । आइएमई मोटर्सले अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय अपरेसन क्याटेगोरी अन्तर्गत प्रदान गरिएको यस अवार्डले कम्पनीको सेवा उत्कृष्टतालाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान गरेको हो ।

    images
    images
    images

    अशोक लेल्यान्डसँगको सफल साझेदारीको एक दशक पुरा गर्दै गर्दा प्राप्त यो सम्मानले आइएमई मोटर्सको यात्रामा थप ऊर्जा भरिदिएको कम्पनीले जनाएको छ । अवार्डले साझा दृष्टिकोण, पारस्परिक विकास र उत्कृष्ट सेवाप्रति समर्पित रहेको कम्पनीको प्रतिबद्धतालाई पुष्टि गरेको बताइएको छ ।

    आइएमई मोटर्सका सर्भिस प्रमुख मित्र कुमार श्रेष्ठले उक्त पुरस्कार सम्पूर्ण सर्भिस टिम र प्राविधिकहरूको समर्पणको प्रतिफल भएको बताए । “हामी भविष्यमा पनि उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध छौं,” उनले भने ।

    कम्पनीका कार्यकारी निर्देशक निशान ढकालले यो अवार्डले आइएमई मोटर्सको अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रवाह गर्ने प्रतिबद्धता झनै सशक्त भएको उल्लेख गरे ।

    त्यस्तै, अशोक लेल्यान्ड नेपालका सर्भिस म्यानेजर अनुप कुमार स्वाईनले दश वर्षे सफल सहकार्यको अवसरमा प्राप्त यो सम्मानले साझेदारीको मजबुती र उत्कृष्ट ग्राहक अनुभवप्रतिको साझा उद्देश्यलाई अझ बलियो बनाएको बताए ।

    अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स हरेक वर्ष आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलन हो, जसमा नवप्रवर्तन, सञ्चालन दक्षता र समग्र योगदानको मूल्यांकन गर्दै विश्वभरका साझेदारहरूलाई सम्मान गरिन्छ । यो पुरस्कार न केवल आइएमई मोटर्सका लागि, तर सम्पूर्ण नेपाली अटो क्षेत्रका लागि पनि गौरवको विषय भएको कम्पनीले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ