काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र लिजाश्री इन्टरप्राइजेज प्रा.लि. बीच बैंकका ग्राहकहरुलाई विशेष छुट दिने सहमति स्वरूप एक समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । यस सहकार्यअन्तर्गत बैंकका ग्राहकहरुले देशका विभिन्न स्थानहरूमा रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुन शाखाबाट सेवा लिँदा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन् । यस सुविधाको लिन ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वाप्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नु पर्नेछ ।
ग्राहकहरुले नक्साल स्थित भाटभटेनी सुपरमार्केट, नयाँबानेश्वर स्थित आईप्लेक्स मल, ठमेल स्थित छायाँ सेन्टर, जावलाखेल स्थित मिनिसो बिल्डिङ्ग, कमलादी स्थित सिद्धार्थ कम्प्लेक्स, सामाखुसी स्थित सिटी स्वायर सेन्टर, महाराजगन्ज स्थित भाटभटेनी सुपरमार्केट, हेटौंडा स्थित भाटभटेनी सुपरमार्केट र गणेश बिल्डिङ्ग, नारायणघाट स्थित जोशीभवन र वीरगन्ज स्थित रुङ्टा मलमा रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखाहरुबाट उक्त छुट सुविधा लिन सकिने छ ।
लिजाश्री इन्टरप्राइजेजसँगको यस सहकार्यले ग्राहकहरुलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


