Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सुनापति गाउँपालिकामा विकास र उत्पादनको नयाँ अध्यायः अध्यक्ष तामाङको नेतृत्वमा परिवर्तनको लहर


ग्लोबल पाना
सोमबार, साउन १२ २०८२
  • 238
    SHARES

  • images
    सुनापति गाउँपालिकामा विकास र उत्पादनको नयाँ अध्यायः अध्यक्ष तामाङको नेतृत्वमा परिवर्तनको लहर

    रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिका अहिले विकासको गतिमा अग्रसर छ । २०७९ सालमा निर्वाचित गाउँपालिका अध्यक्ष ’ठूलो कान्छा’ तामाङको नेतृत्वमा गाउँले नयाँ स्वरूप लिँदैछ । सबै वडामा सडक सञ्जाल विस्तार भइसकेको छ भने कृषि, पर्यटन, र घरेलु उद्योगमा उल्लेखनीय प्रगति भएको छ ।

    images
    images
    images

    स्थानीय स्तरमै सुन्तला र जुनारजस्ता मौसमी फलफूल उत्पादन गर्दै आएको सुनापतिमा बुद्ध चित्त माला, टिमुर, चिया, कफी तथा अन्य कृषि उत्पादनलाई व्यावसायिक रुपमा विस्तार गरिएको छ । आधुनिक कृषि प्रविधिको प्रयोगसहित ट्र्याक्टर वितरण तथा वाटर लिफ्ट प्रणालीमार्फत सिंचाइ सुविधा सबै वडामा पुर्‍याइएको छ ।

    गाउँपालिकामा झण्डै ६०० जनाले गलैंचा बुनाइ कार्यमा संलग्न छन् । घरेलु उद्योगमार्फत आर्थिक सशक्तिकरणको नमूना बन्ने दिशातर्फ सुनापति अघि बढिरहेको छ ।

    साथै, धार्मिक पर्यटन प्रवद्र्धनको उद्देश्यले ३५ फिट अग्लो महादेवको मूर्ति, ५६ फिटको मञ्जुश्री मूर्ति र सेतो मछिन्द्रनाथ मूर्ति निर्माण गरिएको छ । यी संरचनाहरूले पर्यटक आकर्षण बढाउनुका साथै धार्मिक, सांस्कृतिक चेतना अभिवृद्धिमा योगदान पुर्‍याइरहेका छन् ।

    अध्यक्ष तामाङको भिजन, नेतृत्व क्षमता र जनउत्तरदायी कार्यशैलीले सुनापति गाउँपालिकालाई समृद्धि र विकासको बाटोमा उभ्याएको छ । "स्थानीय उत्पादन र आत्मनिर्भरता हाम्रो प्राथमिकता हो", अध्यक्ष तामाङले भने ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ