Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

आरबीबीएलको ७% डिबेञ्चर २०८८ नेप्से सूचीमा थपियो


ग्लोबल पाना
मंगलबार, साउन १३ २०८२
  • 464
    SHARES

  • images
    आरबीबीएलको ७% डिबेञ्चर २०८८ नेप्से सूचीमा थपियो

    काठमाडौं । ७ प्रतिशत आरबीबीएल डिवेञ्चर २०८८ नेप्सेमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच ७ वर्ष अवधि तथा ७ प्रतिशत व्याजदर भएको अंकित तथा चुक्ता मूल्य रु.१,००० दरका कुल २५,००,००० कित्ता ७ प्रतिशत आरबीबीएल डिवेञ्चर २०८८ ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको हो ।

    images
    images
    images

    सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले हस्ताक्षर गरेका छन् ।

    उक्त ऋणपत्रको दोस्रो बजारमा साउन १५ गतेबाट कारोबार शुरु हुनेछ भने सूचीकरण पश्चात् दिनुपर्ने आरटिएस सेवा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौंबाट हुनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ