नवलपुर, गैँडाकोट – स्थानीय स्तरमै गुणस्तरीय दर्जी सेवाको माग बढिरहेको वर्तमान परिवेशमा गैँडाकोट-२ मा ‘न्यू स्मार्ट सुटिङ / सुटिङ एण्ड टेलरिङ’ ले आफ्नो सेवा सुरु गरेको छ। प्रोप्राइटर प्रेमको नेतृत्वमा सञ्चालित यस सिलाइ केन्द्रले ग्राहकलाई उच्च गुणस्तरको कोट, पाइन्ट, सफारी सुट, स्कुल ड्रेस लगायत विभिन्न प्रकारका सिलाइ सेवाहरू उपलब्ध गराइरहेको छ।
दर्जनौं प्रकारका कपडाहरू, नयाँ डिजाइनका रेडी-टु-वियर कोट पाइन्टहरू विशेषतासाथ तयार पारिने सेवाहरूले गर्दा यो सिलाइ पसल छोटो समयमा लोकप्रिय बन्दै गएको छ। पसलमा अनुभवी दर्जीको उपस्थितिले ग्राहक सन्तुष्टि बढाएको देखिन्छ।
‘न्यू स्मार्ट सुटिङ’ मा ग्राहकले आफ्नो आवश्यकता अनुसार डिजाइन छनोट गर्न सक्ने सुविधा, मापन अनुसार सिलाइ, समयमै डेलिभरी लगायतका सेवाहरू प्राप्त गर्न सक्नेछन्। साथै, ग्राहकका पुराना कपडाहरूलाई नयाँ ढाँचामा रुपान्तरण गर्ने विशेष सेवा समेत उपलब्ध रहेको पसलले जनाएको छ।
स्थानीय व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले खोलिएको यो टेलरिङ सेवा, अब ग्राहकहरूका लागि फेशन र फिटिङको भरपर्दो गन्तव्य बन्ने विश्वास गरिन्छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


