Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सिटिजन्स सदाबहार योजनाको २५ प्रतिशत ओभर सब्स्क्रिसनसहित इकाई बाँडफाँड


ग्लोबल पाना
बिहीबार , साउन १५ २०८२
  • 440
    SHARES

  • images
    सिटिजन्स सदाबहार योजनाको २५ प्रतिशत ओभर सब्स्क्रिसनसहित इकाई बाँडफाँड

    काठमाडौं । सिटिजन्स सदाबहार योजनाको २५ प्रतिशत ओभर सब्स्क्रिसनसहित इकाई बाँडफाँड गरिएको छ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रथम खुलामुखी योजना सिटिजन्स सदाबहार योजना संचालन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट संचालन अनुमति प्राप्त भई असार १३ गते देखि २७ गते सम्म इकाई सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुमार्फत माग गरिएभन्दा अधिक मात्रामा दरखास्त प्राप्त भएको थियो। उक्त निष्काशनमा प्राप्त आवेदकहरुको विवरण अनुसार बाँडफाँड समितिको बैठकले तयार पारेको बाँडफाँड तालिका नेपाल धितोपत्र बोर्डमा पेश गरिएकोमा धितोपत्र बोर्डबाट कुनै निर्देशन प्राप्त नभएकोले सोहि तालिकालाई अन्तिम रुप दिइ धितोपत्र बोर्डको धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम साउन १५ गते बिहीबार योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको कार्यालय डिल्लिबजार, काठमाडौंमा इकाइ बाँडफाँड गरिएको हो ।

    images
    images
    images

    त्यसक्रममा योजना व्यवस्थापकका प्रतिनिधिहरु, कोष प्रवद्र्धकका प्रतिनिधि, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका प्रतिनिधि तथा केही लगानीकर्ताहरुको उपस्थिति रहेको थियो । उक्त बाँडफाँडको नतिजा निष्काशन तथा बिक्री प्रवन्धक योजना व्यवस्थापकको वेभसाईट र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको वेभसाईटमा उपलब्ध रहेको कार्यक्रममा जानकारी दिइयो ।

    यस खुलामुखी योजना सिटिजन्स सदाबहार योजना निष्काशन अवधि भित्र आवश्यक भन्दा बढी संख्यामा इकाईको माग प्राप्त भई नेपालकै पहिलो २५ प्रतिशतले ओभर सब्क्राइब भएको बुलामुखी म्युचुअल फण्ड बन्न सफल भएको छ।

    यसका लागि उल्लेख्य सहभागिता जनाउने सम्पूर्ण लगानीकर्ता, विभिन्न क्षेत्रबाट सहयोग तथा सद्धभाव प्रदान गरी इकाई निष्काशन कार्यलाई ऐतिहासिक रुपमा सफल बनाउने सम्पूर्ण शुभेच्छुक, आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, नियामक निकायहरु, संचारकर्मी लगायत सरोकारवाला सबै पक्षलाई निष्काशन तथा बिक्री प्रबन्धक योजना व्यवस्थापकको तर्फबाट हार्दिक आभार व्यक्त गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ