Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

मेटिदै गएका स्कूल कलेजका परिधानहरू....


ग्लोबल पाना
बिहीबार , साउन १५ २०८२
  • 783
    SHARES

  • images
    मेटिदै गएका स्कूल कलेजका परिधानहरू....

    ✍️शरद पौडेल 

    images
    images
    images

    तीसपैतिस वर्ष पहिले कलेज सकेर कहिलेकाही रत्नपार्कमा कुनै काम विशेष दिनको ३-४ वजेतिर पुगियो भने पद्म कन्या कलेज, बागवजारको कलेज छुट्टी भएर सवै विद्यार्थीहरू रत्नपार्क तिर लागेको देखिन्थ्यो । विस्तारै महिलाहरूको भीडले पुरै रत्नपार्क गेरू वस्त्रको ड्रेसले भरिन्थ्यो र त्यो दृश्य अति नै रमाइलो लाग्थ्यो हामीलाइ । त्यसवेला बागवजारदेखि रत्नपार्कसम्म पि के को ड्रेस लगाएका महिला विद्यार्थीहरूको लावालस्कर हुन्थ्यो । त्यो हेर्नको लागि मात्र पनि मानिसहरू रत्नपार्कमा जाने गर्थे ।

    साच्चि भन्नुपर्दा त्यो नै पि के को पहिचान पनि थियो । अस्ति कुनै काम विशेष वागवजार पुगेको थिएं । एक हुल महिलाहरू पि के कलेजबाट निस्किए । म एक छिन उभिएर हेरें । मलाइ त पि के कलेजको ठाउंमा अर्को कलेज रहेछ कि जस्तो लाग्यो । किनभने सवै निलो टि सर्ट र कालो पाइन्टमा थिए । साइनवोर्ड हेरें पद्म कन्या कलेज नै लेखिएको थियो । मलाइ अचम्म लाग्यो र पि के कलेजको सडकपेटीमा गएं र एकजना विद्यार्थीलाइ सोधें, वहिनी पि के कलेज नै हो यो भनेर, उनले भनिन, हो अंकल । म एउटा प्रश्न गर्छु नरिसाउनु होस है भने, उनले भनिन हुन्छ सोध्नुस न भनिन । मैले भने, अचेल पि के क्याम्पसमा सारी ड्रेस छैन? उनले भनिन, छैन अंकल धेरै भइसक्यो । अहिले त निलो टि सर्ट मा कलेजी कठालो भएको भेस्ट र कालो पाइन्ट पद्म कन्या कलेजको ड्रेस रहेछ । जाडोमा सुट रहेछ ड्रेस कोड । मलाइ अझ कौतुहलता लाग्यो र सोधें, के अव पि के को गेरू सारी लाउने महिलाहरू छैनन त वहिनी अचेल भनेर सोधें । उनले भनिन कसैले पनि लगाउंदैनन अचेल भन्ने जवाफ दिइन । एकाद कसैले यदाकदा लगाउंछन नत्र लगाउन छोडिसके अंकल भनिन । म त छक्क परें यो सुन्दा, जुन कलेजको इज्जत र परिचय नै त्यो परिधानमा थियो । अहिले त मेटिएर टिसर्टमा पुगेछ ।

    के कारण रहेछ पि के कलेजको ड्रेस परिवर्त गर्नु पर्ने । कलेजमा पि के को यस्तो अवस्था भयो । त्यस्तै स्कूलमा पनि पाटनको पुल्चोकस्थित मदनस्मारक माध्यमिक विद्यालयमा महिला विद्यार्थीको पहेलो फ्रक र सेतो सर्ट स्कूलको ड्रेसकोड थियो अहिले त ट्राकसुट रहेछ त्यहां पनि  । त्यो स्कूल त अहिले सहशिक्षा भएछ । पाटनको मंगलबजारस्थित आदर्श कन्यानिकेतन स्कूलको हरियो फ्रक र सेतो सर्ट थियो त्यो पनि अहिले ट्राकसुट र अर्कै ड्रेसकोडमा परिवर्तन भएछ । त्यस्तै लैनचौर स्थित कन्या मा. वि. मा रातो फ्रक र सेतो सर्ट थियो । हेर्दै मनमोहक लाग्ने त्यो रातोसेतो ड्रेस कोड पनि परिवर्त भएछ । अहिले त कन्या मा वि लैनचउरको नाम जनकनाथ स्मृति माध्यमिक बिद्यालयमा परिवर्तन  भएछ । अनि त्यहांको ड्रेसकोड महिलाको लागि सेतो सर्ट र  रातो कालो चेक फ्रकमा परिवर्तन भइ सहशिक्षामा रूपान्तरण भएछ ।

    अर्को नेपालको मौलिकतासंग जोडिएको ड्रेसकोड महेन्द्र भवन कन्या मा.वि. ज्ञानेश्वरको भोटो सुरूवाल थियो । सेतोमा चेक कलरको भोटो सुरूवाल हेर्दै नेपाली मौलिक पहिचानको ड्रेस कोड जस्तो देखिन्थ्यो । अहिले त त्यो पनि सुरूवालको ठाउंमा स्कर्टमा परिवर्तन भएछ । र महेन्द्र भवन कन्या मा बि को नाम पनि परिवर्तन भएर महेन्द्र भवन उच्च माध्यमिक वोर्डिङ स्कूलमा परिणत भएछ । धन्न त्यहां चाही सुरूवालको सट्टा स्कर्ट मात्र परिवर्तन भएछ, ड्रेसको रंग चाही त्यही रहेछ ।

    यसरी पहिले परिधानबाटै को कुन स्कूलमा पढछन् भन्ने थाहा हुन्थ्यो । ड्रेसकोडबाट विद्यार्थीको मात्र होइन स्कूलको पनि राम्रो परिचय र पहिचान वनेको थियो । अव त त्यो परिचय र पहिचान पनि मासिएछ । भन्न त भन्लान सधैं एकनाश कहां हुन्छ र । तर दुख लागेको छ मलाइ चाही, चिमोटी रहन्छ त्यो ड्रेसकोडको संझनाले, के चाही फरक पारेको थियो होला समाजमा ति ड्रेसहरूले  भनेर । त्यसैले स्कूल कलेजको परिचयको रूपमा रहेका यति राम्रा ड्रेसकोडहरू हराएकोमा पहिचान मासिएको जस्तो दुःखानुभूत भइरहेको छ मलाइ ।  

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ