Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कहिले छुटछन् त पल शाह ? पाए अदालतबाट सफाइ


ग्लोबल पाना
मंगलबार, माघ ३ २०७९
  • 232
    SHARES

  • images
    कहिले छुटछन् त पल शाह ? पाए अदालतबाट सफाइ

    काठमाडौं । बलात्कार मुद्दामा थुनामा रहेका अभिनेता पल शाहले सफाइ पाएका छन्। करणी मुद्दामा थुनामा रहेका पल शाहको मुद्दामा अभियोग दाबी नपुग्ने भन्दै जिल्ला अदालत तनहुँले मंगलबार सफाइ दिएको हो।

    images
    images
    images

    जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा मुद्दाको अन्तिम सुनुवाइपछि उक्त फैसला भएको हो। दुवै पक्षबाट मंगलबार दिनभर बहस भएको थियो। जिल्ला अदालत तनहुँका स्रेस्तेदार मिनबहादुर कुँवरले शाहलाई सफाइ दिने फैसला आएको बताएका छन्।

    यो मुद्दा यसअघि पटक पटक पेशी तोकिए पनि स्थगित हुँदै आएको थियो। पलविरुद्ध नाबालिग गायिकालाई बला त्कारको आरोप लागेको थियो। तर पछि पी डित भनिएकी किशोरीले नै अदालतमा बयान फेर्दै जाहेरी झुटो भएको बताएकी थिइन्।

    पीडितले जाहेरी फेरेर होस्टाइल भए पनि नवलपुर अदालतले पललाई यस्तै मुद्दामा अढाइ वर्ष कैदको फैसला गरेको छ। जबरजस्ती करणीको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगको मुद्दामा उनलाई नवलपुरमा सजाय सुनाइएको थियो ।

    नवलपुर अदालतको फैसलाविरुद्ध पलले उच्च अदालत पोखरामा पुनरावेदन दिइसकेका छन् । नवलपुरले भदौ २१ गते फैसला गरेको थियो। गत फागुन ११ गते शाहविरुद्ध करणीको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो। गत वर्ष फागुन १५ गते आफैँ प्रहरी कार्यालय पुगेका पल त्यसयता थुनामै छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ