रुपन्देही । एनएमबि बैंकलेसंस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित तिलोत्तमा पार्कमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । पार्कमा ड्र्या गन फ्रुट, अम्बा, आप, लिचि, कटर लगायत करिब दुइ सय फलफुलका विरुवा रोपिएको हो ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृ त गोविन्द घिमिरेलेबिरुवा रोपरेबृक्षारोपण कार्यक्रमको शुरुवात गर्नुभएको थियो। उहाँलेएनएमबि बैंक दिगो विकास अन्तरगत वातावरण मैत्री र पर्यावरण संरक्षणको लागि प्राथमिकता राखेर काम गरिरहेको बताउनुभयो ।
जलवायुपरिवर्तनको असरबाट पर्नेनकारात्मक प्रभावबाट जोगिन एनएमबि बैंकलेमुलुकका सातैप्रदेशमा बृक्षारोपण तथा वातावरण सरसफाइका अभियानहरु निरन्तर गरिरहेको बताउनुभयो। उहाँलेहरित अर्थतन्त्र वा ‘ग्रिनोमिक्स’ अर्थात वातावरणमैत्री, दिगो र समावेशी विकासलाई प्राथमिकता दिनेगरि एनएमबि बैंकका सम्पूर्णबैंकिङ्ग कारोबार तथा कर्जा लगानीहरु गरेको बताउदैनेपालको आर्थिक वृद्धिसँगैपर्यावरणको संरक्षण, स्वच्छ ऊर्जाको प्रवर्द्धन तथा जलवायुअनुकू ललाइ एनएमबि बैंकलेआत्मसात्गरेको उल्लेख्य गर्नुभयो ।
तिलोत्तमा वाड नम्बर ६ का अध्यक्ष गणेश पाठकलेएनएमबि बैंकलेतिलोत्तमा नगरपालिकाको तिलोत्तमा पार्कलाइ छ्नौट गरि बृक्षारोपण गरेको आभार व्यक्त गर्दैआगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राख्दैधन्यवाद ज्ञापन गर्नुभयो । तिलोत्तमा पार्कका अध्यक्ष दिपक पाठकलेतिलोत्तमा नगरपालिकामा रहेको तिलोत्तमा पार्कलाइ उत्कृष्ट र सबैको आकर्षणको केन्द्र बनाउनेअभियानमा आफु हरु लागेको जानकारी दिनुभयो ।
एनएमबि बैंकलेहाल देशभरी २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ
.gif)




 x 450 (H) Global Pana.jpeg)


