Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

दिगो विकासमा एनएमबि बैंकको योगदान : गण्डकीको मानवसेवा आश्रममा सोलार सहयोग


ग्लोबल पाना
सोमबार, साउन १९ २०८२
  • 433
    SHARES

  • images
    दिगो विकासमा एनएमबि बैंकको योगदान : गण्डकीको मानवसेवा आश्रममा सोलार सहयोग

    काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गण्डकी प्रदेशको मानवसेवा आश्रमलाई १,००० लिटरको सोलार साथै सोलार बत्तिहरु हस्तान्तरण गरेको छ । पोखरास्थित आश्रममा आयोजित एक कार्यक्रमबीच उक्त सोलार सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय विन्दु कुमार थापाले दीप प्रज्वलन गरी उक्त कार्यक्रमको उद्‌घाटन गरेका थिए ।

    images
    images
    images

    एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले कार्यक्रमको अध्यक्षता गरेका थिए । बैंकका संस्थापक शेयरधनीहरु राजेन्द्र कुमार बाटाजु, प्रा. डा. हरि पाठक, शालिकराम घिमिरे, विमल बहादुर कुँवर र ओम कुमार मुल्मीको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । यस अवसरमा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

    बैंकको तर्फबाट संस्थापक शेयरधनीहरू, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत लगायतले एकमुष्ट रुपमा सोलार सामग्री हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा एनएमबि बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय, मानवसेवा आश्रमका महासचिव सुशीला केसी (रूपा), रिटेल तथा साना व्यवसाय प्रमुख गणेश पराजुली, एनएमबि बैंकका प्रदेश प्रमुख दुर्गा राम पुरी लगायत बैंकका अन्य कर्मचारी र मानवसेवा आश्रमका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

    एनएमबि बैंकले दिगो विकासलाई प्राथमिकता दिँदै यस वर्षको साउन महिनालाई ग्रिन मन्थको रुपमा मनाइरहेको छ। सोही अभियानअन्तर्गत दिगो कार्यको एक हिस्साको रूपमा यो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न भएको हो ।

    बैंकले यस्तै किसिमका अन्य कार्यक्रमहरु पनि देशका अन्य प्रदेशहरुमा सञ्चालन गरिरहेको छ। एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु माफैल उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ