Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

तबरेज आलमको जन्मदिन भव्य समारोहका साथ सम्पन्न: राजनीतिक र सामाजिक क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति


बिहीबार , साउन २२ २०८२
  • 675
    SHARES

  • images
    तबरेज आलमको जन्मदिन भव्य समारोहका साथ सम्पन्न: राजनीतिक र सामाजिक क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति

    काठमाडौं - सामाजिक अभियन्ता तथा समाजसेवी तबरेज आलमको जन्मोत्सव राजधानीको प्रतिष्ठित स्थल रोयल इम्पायर, बालुवाटारमा एक भव्य समारोहका साथ सम्पन्न भएको छ। कार्यक्रममा राजनीतिक, सामाजिक तथा सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

    images
    images
    images

    समारोहमा नेपाल सरकारका वन तथा वातावरण मन्त्री एन. बहादुर शाही प्रमुख अतिथि रहनु भएको थियो। साथै, राप्रपाका महामन्त्री कुन्ती शाही, नेपाली कांग्रेसका युवा नेता पुष्प कुमार शाही, नेपाल प्रहरीका पूर्व एआईजीपी रण बहादुर चन्द र पत्रकार एचबी ताम्राकारजस्ता विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा केक काट्ने समारोह, सांस्कृतिक प्रस्तुति र शुभकामना मन्तव्यहरू प्रस्तुत गरिए। वक्ताहरूले आलमको शिक्षा, स्वास्थ्य, मानव अधिकार र सामाजिक समावेशीतामा पुर्‍याएको योगदानको प्रशंसा गरे। उनका कार्यहरू युवा पुस्ताका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै उनीप्रति सम्मान प्रकट गरियो।

    समारोहमा सम्बोधन गर्दै तबरेज आलमले समाजका सबै वर्गको हितमा काम गर्न अझ बढी प्रेरणा मिलेको बताए। साथै, सामाजिक न्याय, युवा सशक्तिकरण र मानव अधिकारका क्षेत्रमा नयाँ योजनासहित अघि बढ्ने संकल्प व्यक्त गरे।

    उक्त कार्यक्रमले तबरेज आलमको सामाजिक अभियानलाई थप ऊर्जा प्रदान गरेको विश्वास गरिएको छ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ