Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

उपराष्ट्रपति पुनले नेता बर्षमान पुनको स्वास्थ्य अवस्था बारे लिए जानकारी


ग्लोबल पाना
बुधबार, माघ ४ २०७९
  • 220
    SHARES

  • images
    उपराष्ट्रपति पुनले नेता बर्षमान पुनको  स्वास्थ्य अवस्था बारे लिए जानकारी

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज बिहान ललितपुरस्थित सुमेरु अस्पताल पुगेर उनले पुनको स्वास्थ्यलाभको कामना गरेका हुन् । वंशाणुगत जण्डीसबाट पीडित उपमहासचिव पुनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उनको सचिवालले जनाएको छ ।

    images
    images
    images

    स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन शनिबार रोल्पाबाट हेलिकोप्टरमा काठमाडौँ फर्केर अस्पताल भर्ना भएका थिए । आजै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिई स्वास्थ्यलाभको कामना गरेका छन् ।

    यसअघि मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनलाई भेटी स्वास्थ्यलाभको कामना गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ