Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

मुग्लिन-नारायणगढ सडक दिउँसाे १२ देखि ४ बजेसम्म बन्द हुने


ग्लोबल पाना
बुधबार, माघ ४ २०७९
  • 198
    SHARES

  • images
    मुग्लिन-नारायणगढ सडक दिउँसाे १२ देखि ४ बजेसम्म बन्द हुने

    काठमाडौं । नारायणगढ-मुग्लिन सडक विस्तार नसकिएकाले थप एक महिना दिउँसोको समयमा सवारीसाधन रोकेर निर्माण गरिने भएको छ । यस खण्डमा हाल पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गत ५ पुसबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोकेर काम गरिँदै आएको थियो ।

    images
    images
    images

    ५ माघबाट भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन बन्द गर्न लागिएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सरोकारवालाको बैठकले काम नसकिएकाले दिन थप गरेर काम सम्पन्न गर्ने निणर्य गरेको हो । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले सवारी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताए ।

    १० चैत ०७६ मा ३३ महिनाभित्र सम्पन्न गर्ने गरी एक अर्ब २५ करोड रुपैयाँमा ठेक्का दिइएको थियो । सम्झौताको भोलिपल्टबाट कोभिड देखिएकाले काममा अवरोध पुगेको ठेकेदार कम्पनी अनक कन्ट्रक्सनले बताउँदै आएको छ । पहिलो सम्झौता अनुसार ९ पुसमा सम्झौताअवधि सकिएको छ । निर्माण कम्पनीले थप एक वर्षको समय माग गरेको छ । यो सडकको चौडाई ९ देखि ११ मिटरसम्म रहेकामा पुल साँघुरो भएपछि अहिले नयाँ निर्माण गरिएका पुल ११ मिटर फराकिला बनाइएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ