Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कमला अधिकारी न्यौपाने (रितु गुराँस) एजेन्सी मेनेजर पदमा पदोन्नति


ग्लोबल पाना
मंगलबार, भदौ ३ २०८२
  • 479
    SHARES

  • images
    कमला अधिकारी न्यौपाने (रितु गुराँस) एजेन्सी मेनेजर पदमा पदोन्नति

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, टोखा शाखामा कार्यरत समाजसेवी एवं नेपालकै सफल ब्यूटिसियनमध्ये एक कमला अधिकारी न्यौपाने (रितु गुराँस) एजेन्सी मेनेजर पदमा पदोन्नति हुनुभएको छ। छोटो समयमै उत्कृष्ट कार्यसम्पादन गरेर कम्पनीलाई नयाँ उचाइमा पु¥याउँदै आउनुभएका अधिकारीलाई कम्पनीले उच्च पदमा सम्मान गरेको हो ।

    images
    images
    images

    शाखा प्रमुख राजकुमार न्यौपानेले अधिकारीको पदोन्नतिलाई शाखाको लागि गौरवको विषय भएको बताउँदै भन्नुभयो– “कमला अधिकारीजस्ता कर्मनिष्ठ, उर्जाशील र परिणाममुखी नेतृ हाम्रो टोलीमा हुनु वास्तवमै प्रेरणादायी हो। उहाँको पदोन्नतिले हामी सबैलाई थप उत्साह र जिम्मेवारीबोध दिलाएको छ ।” सामाजिक अभियन्ता र सफल व्यवसायी बीमा व्यवसायसँगै अधिकारी सामाजिक अभियन्ता पनि हुनुहुन्छ ।

    समाजसेवामा उहाँको निरन्तर सक्रियता, विशेषगरी महिला सशक्तिकरण, स्वास्थ्य तथा सामुदायिक चेतना अभिवृद्धिमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको सहकर्मीहरूको भनाइ छ यसबाहेक उनी नेपालकै सफल ब्यूटिसियनमध्ये एक हुनुहुन्छ। सौन्दर्य व्यवसायमा आफूलाई स्थापित गर्दै समाजलाई योगदान गर्ने उहाँको यात्राले धेरै युवतीहरूलाई आत्मनिर्भर बन्न प्रेरणा दिएको छ ।

    सिटिजन लाइफ इन्स्योरेन्सले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ–“हाम्रो टोखा शाखाकी लिडर कमला अधिकारी न्यौपाने (रितु गुराँस)लाई एजेन्सी मेनेजर पदमा पदोन्नति भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं । आगामी दिनमा अझ ठूलो सफलता र प्रगति हासिल होस् भन्ने शुभकामना व्यक्त गर्दछौं ।”

    उज्ज्वल भविष्यको अपेक्षा सहकर्मीहरूका अनुसार अधिकारीको लगनशीलता, व्यावसायिक दक्षता र समाजसेवाप्रतिको अटूट समर्पणले भविष्यमा उहाँलाई अझ ठूलो सफलता दिलाउने विश्वास गरिएको छ । 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ