Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

३ वर्षदेखि रोकिएको काठमाण्डौ-बेइजिङ सिधा हवाई उडान सुरु


ग्लोबल पाना
बुधबार, माघ ४ २०७९
  • 225
    SHARES

  • images
    ३ वर्षदेखि रोकिएको काठमाण्डौ-बेइजिङ सिधा हवाई उडान सुरु

    काठमाडौं । झन्डै तीन वर्षदेखि रोकिएको काठमाण्डौ-बेइजिङ सिधा हवाई उडान फेरि सुरु भएको छ । सन् २०२० को मार्चपछि हिजो मङ्गलवार पहिलो पटक हिमालय एअरलाइन्सले काठमाण्डौ-बेइजिङ उडान गरेको हो । चीनले कोरोना महामारीका कारण तीन वर्षसम्म काठमाण्डौ-बेइजिङमा उडानको अनुमति दिएको थिएन ।

    images
    images
    images

    अब हिमालय एअरलाइन्सले विश्वकै प्रख्यात बेइजिङको डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने जनाएको छ । आउँदो फेब्रुअरी ११ तारिखदेखि हरेक शनिवार काठमाण्डौ-बेइजिङ उडान हुने एअरलाइन्सले जानकारी दिएको छ । यो रुटमा उडानको अवधि तीन घण्टा ४८ मिनेटको रहेको छ ।

    चिनियाँ नयाँ वर्षको उत्सव र बिदाको समय चलिरहेकाले यो मौकामा हुने काठमाण्डौ-बेइजिङ उडानले नेपालको पर्यटन र व्यापारको क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ