Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सडक निर्माण र सुधारका लागि मन्त्रालयमा अन्तरक्रियात्मक बैठक सम्पन्न


ग्लोबल पाना
बुधबार, माघ ४ २०७९
  • 268
    SHARES

  • images
    सडक निर्माण र सुधारका लागि मन्त्रालयमा अन्तरक्रियात्मक बैठक सम्पन्न

    काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौं उपत्यकास्थित सडक निर्माणसँग सम्बन्धित निकायहरूबीच आज बुधवार मन्त्रालयमा अन्तरक्रियात्मक बैठक सम्पन्न भएको छ ।

    images
    images
    images

    मन्त्री श्रेष्ठको अग्रसरतामा काठमाण्डौं महानगरका मेयर बालेन शाह, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, काठमाण्डौं उपत्यका बिकास प्राधिकरणको आयुक्त, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष, मन्त्रालयका सहसचिव, उपत्यका स्थित सडक डिभिजन प्रमुखहरु लगायतको सहभागितामा एउटा महत्वपूर्ण छलफल भएको थियाे ।

    आज बसेकाे बैठकमा उपत्यकाको सबै निकाय अन्तर्गतको सडकको डिजिटल म्याप तैयार गर्ने यसको लागि सडक विभागले समन्वय गर्ने, सबै निकायले आफू मातहतको सडकहरूको pothole को repair आपसी समन्वयबाट सम्पन्न गर्ने जस्ता कुराहरुमा छलफल भएकाे थियाे ।

    त्यस्तै, हरेक महिनाको दोश्रो र चौथो शुक्रबार दिउसो २ बजे उपरोक्त निकाय र खानेपानी विभाग, केयूकेएल, बिधुत प्राधिकरण, नेपाल टेलिकम सहितको नियमित बैठक बस्ने, समन्वयात्मक र एकीकृत ढंगले काम गर्न दीर्घकालीन रूपमा स्थायी संरचना निर्माण गरेर जाने कुरामा छलफल भएकाे छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ