काठमाडौं । राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १२९ रूपैयाँ ६९ पैसा र बिक्री दर १३० रूपैयाँ २९ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ८८ पैसा र बिक्री दर १४१ रूपैयाँ ५३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ २६ पैसा र बिक्री दर १६१ रूपैयाँ ०१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ४९ पैसा र बिक्री दर ३५ रूपैयाँ ६६ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ ०७ पैसा र विक्रीदर ३० रूपैयाँ ११ पैसा रहेको छ ।
साउदी रियाल १ को खरिददर ३४ रूपैयाँ ५३ पैसा र बिक्री दर ३४ रूपैयाँ ६९ पैसा रहेको राष्ट्रबैंले जनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


