Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न


ग्लोबल पाना
शनिबार, असोज ११ २०८२
  • 452
    SHARES

  • images
    नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा आज काठमाडौंमा सम्पन्न भएको छ। कम्पनी सञ्चालक समितिका अध्यक्ष अमित कुमार कयालको अध्यक्षतामा सम्पन्न सभाले आ.व. २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ । साथै, आ.व. २०८२/८३ का लागि लेखापरीक्षकका रूपमा पि. एल. श्रेष्ठ एण्ड कम्पनीलाई नियुक्त गर्ने निर्णय पनि सभाले गरेको छ ।

    images
    images
    images

    अध्यक्ष कयालले कम्पनीलाई उदाहरणीय बनाउन संरचनात्मक सुधार, संस्थागत सुशासन, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, तालिम एवं अनुसन्धान, बैज्ञानिक लगानी विविधिकरण र विश्वव्यापी लगानी अभ्यासलाई अवलम्बन गर्दै अघि बढिरहेको जानकारी गराए ।

    यसैगरी, प्रमुख कार्यकारी अधिकृत सुभाष थापाले आ.व. २०८१/८२ को कार्य प्रगतिबारे र आ.व. २०८२/८३ का रणनीतिक योजनाबारे सभामा प्रस्तुतीकरण गरेका थिए ।

    मुख्य कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक कमलेश कुमार अग्रवालले बीमितबाट संकलित रकम सुरक्षित ढंगले लगानी गरी उच्च प्रतिफल दिलाउन व्यवस्थापनलाई आग्रह गर्दै धन्यवाद ज्ञापन गरे । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले लगानी गर्दा सही समय, सही स्थान र सही प्रतिफलमा ध्यान दिनुपर्ने सुझाव दिए ।

    सभाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट सिफारिस भई आएका ४ जना (कमलेश कुमार अग्रवाल, कृष्णराज लामिछाने, प्रवीण रमण पराजुली र अमित कुमार कयाल) लाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको छ ।

    यसैबीच, आजै बसेको सञ्चालक समिति बैठकले कमलेश कुमार अग्रवाललाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ। नवनियुक्त सञ्चालकहरूले पदबहालीसमेत गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ