Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

उच्चतम व्याजदर प्रदान गर्ने गरी कृषि विकास बैंकले ल्यायो 'मातृभूमि बचत खाता'


ग्लोबल पाना
बिहीबार , माघ ५ २०७९
  • 368
    SHARES

  • images
    उच्चतम व्याजदर प्रदान गर्ने गरी  कृषि विकास बैंकले ल्यायो 'मातृभूमि बचत खाता'

    काठमाडौं । ७७ वटै जिल्लामा नेटवर्क रहेको कृषि विकास बैंक लि.ले बैंकिङ्ग सेवालाई सहज वनाई वित्तीय सेवा व्यवस्थापनमा सहजता कायम गर्न बैंकको ५६ औं वार्षिकोत्सवको अवसरमा ‘मातृभूमि वचत खाता’ जारी गरको छ ।

    images
    images
    images

    कृषि विकास बैंकले आफ्नो व्यवसायिक विविधतामा समय सापेक्ष थप तथा परिमार्जन गर्दै आई रहेको अवस्थामा धितोपत्र वोर्डले बैंदेशिक रोजगारीमा रहेका नेपालीका लागि आरक्षण गरेको प्राथमिक निष्कासन हुने सेयर आवेदन गर्न सहजीकरणका लागि बैंकले उच्चतम व्याजदर प्रदान गर्ने गरी ‘मातृभूमि बचत खाता’ संचालनमा ल्याएको छ ।

    बैदेशिक रोजगारीमा रहेका नेपालीले बैदेशिक रोजगार स्वीकृति पत्र तथा नेपालमा बैंक मार्फत् रकम पठाएको कागजातका अतिरिक्त नेपाली नागरिकताको फोटोकपी लगायत ग्राहक पहिचानका कागजात समावेश गरी खाता खोल्न सक्नेछन् । ‘मातृभूमि वचत खाता’ अनलाइनका माध्यमबाट खोली ग्राहक पहिचान विवरण समावेश गर्न सकिनेछ ।

    बैदेशिक रोजगारीमा गएका नेपालीले आर्जन गरेको रकम नेपालको पूँजी वजारमा लगानी गरी देशको पूँजीवजार बलियो वनाउने सरकारी नीतिमा योगदान दिन निक्षेपको यो प्रोडक्ट संचालनमा ल्याएको कुरा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले जानकारी दिनुभयो ।

    निक्षेपको यो प्रोडक्टले बैदेशिक रोजगारीमा गएका नेपालीको लागि आरक्षण गरेको सेयर दरखास्त दिन सहज हुने र खाता खोल्ने ग्राहकहरुले अनलाइनका माध्यबाटै मेरो सेयर, डिम्याट तथा सि.आर.एन.नम्वर प्राप्त गर्नेछन् । ‘मातृभूमि वचत खाता’ सँगै बैंकका निक्षेपका प्रोडक्टहरुमा विविधता कायम भएको छ ।

    बैंकले यसअघि वा-आमा वचत खाता, चेतनशील नारी वचत खाता, सम्वृद्धी वचत खाता, कृषक वचत खाता, एन.आर.एन.वचत खाता, सेयर होल्डर वचत खाता लगायतका वचत खाताका प्रोडक्ट पेपर जारी गरी निक्षेप स्वीकार गरिरहेको कुरा बैंकका विभागीय प्रमुख मिनराज पोखरेलले बताउनु भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ