Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

गरिमा विकास बैंकद्वारा शेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव


ग्लोबल पाना
सोमबार, असोज २७ २०८२
  • 874
    SHARES

  • images
    गरिमा विकास बैंकद्वारा शेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको ३३४औँ बैठक मिति २०८२ असोज २७ गते सोमबार दिउँसो ३ः३० बजे बसेर उक्त प्रस्ताव गरेको हो ।

    images
    images
    images

    बैठकले हाल कायम चुक्ता पूँजीबाट ६ प्रतिशत बोनस शेयर र बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ.।

    बैंकको हाल चुक्ता पूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ ५७ पैसा रहेको छ। प्रस्तावित बोनस शेयर पारित भएपछि चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसामा पुग्नेछ । गरिमा विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंको लाजिम्पाटमा रहेको छ ।

    बैंकले देशभर १२५ शाखा कार्यालय, १ एक्सटेन्सन कार्यालय तथा ५१ वटा ATM मार्फत ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ