Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रिय स्वतन्त्र पार्टी सचिवालय बैठकका निर्णय सार्वजनिक, कार्तिक १४ मा “बृहत् राजनीतिक संवाद”


ग्लोबल पाना
मंगलबार, कात्तिक ११ २०८२
  • 536
    SHARES

  • images
    राष्ट्रिय स्वतन्त्र पार्टी सचिवालय बैठकका निर्णय सार्वजनिक, कार्तिक १४ मा “बृहत् राजनीतिक संवाद”

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयको कार्तिक ९ र ११ गते बसेका बैठकले आगामी राजनीतिक सहकार्य, निर्वाचन केन्द्रित तयारी तथा संगठन विस्तार सम्बन्धी महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ । बैठकका अनुसार जेन-जी पुस्ताले सुशासनका पक्षमा गरेको निर्णायक हस्तक्षेपपछि बदलिएको राजनीतिक परिवेशमा दीर्घकालीन रूपान्तरणका लागि समान सोच भएका व्यक्ति तथा समूहहरूबीच “बृहत् राजनीतिक संवाद” आयोजना गर्ने निर्णय गरिएको छ ।

    images
    images
    images

    यो कार्यक्रम यही कार्तिक १४ गते हुनेछ। रास्वपाको तीन वर्षको संसदीय अनुभवको आधारमा देश–विदेशमा छरिएर रहेका नयाँ राजनीतिक शक्तिहरू, स्वतन्त्र अभियन्ता, विचारक तथा युवापुस्ताबीच सार्थक सहकार्य हुन नसकेको परिस्थितिले पश्चगमनको सम्भावना बढाउन सक्ने ठहर गर्दै, खुला छलफल र रणनीतिक साझेदारीको सम्भावनालाई औपचारिक रूपमा अघि बढाउन कार्यक्रम तय गरिएको सचिवालयले जनाएको छ । कार्यक्रमको संयोजन पार्टी उपसभापति तथा उच्चस्तरीय संवाद समिति संयोजक डा. स्वर्णिम वाग्लेले गर्नेछन् ।

    बृहत् राजनीतिक संवादका मुख्य उद्देश्यहरू : आन्दोलनको उत्पत्ति, उपलब्धि तथा भविष्यका सुधारबारे साझा बुझाइ बनाउने, लोकतान्त्रिक मान्यता, समुन्नति र राष्ट्रियताको एजेण्डामा बृहत् एकता र सहकार्यको रूपरेखा निकाल्ने, आगामी प्रतिनिधिसभा निर्वाचनलाई रणनीतिक साझेदारीको अवसरका रूपमा उपयोग गर्ने सम्भाव्यतामाथि छलफल ।

    निर्वाचन आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावली दर्ताको समय तोकेकाले धेरै युवा तथा नागरिक दर्ताबाहिर रहेको यथार्थलाई ध्यानमा राख्दै रास्वपाले देशव्यापी मतदाता नामावली दर्ता सहजीकरण अभियान सुरु गर्ने निर्णय गरेको छ । अभियान कार्तिक ११ देखि २५ गतेसम्म चल्नेछ । यो अभियान पार्टीका वडादेखि जिल्ला तहसम्मका संयन्त्रमार्फत सञ्चालन हुनेछ । यसको संयोजन सचिवालय सदस्य गणेश पराजुलीले गर्नेछन् ।

    पार्टीको वडादेखि पालिका अधिवेशन नियमित सञ्चालन गर्ने, जिल्ला तथा प्रवासमा प्रशिक्षण कार्यक्रम चलाउने तथा स्थानीय तहमा विविध अभियान सञ्चालन गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।

    आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रित तयारीका क्रममा समानुपातिक तर्फ उम्मेदवारी आह्वानका लागि आवश्यक दस्तावेजबारे छलफल भएको बैठकले जानकारी दिएको छ । उम्मेदवारी आह्वान कार्तिक २२ भित्र गर्ने निर्णय गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ